बुबा आमाद्वारा छोरा–बुहारीलाई बिबाहमा उपहार स्वरूप बीमालेख प्रदान

काठमाडौँ । पछिल्लो समय विशेष अवसरहरूमा बिमालेख उपहार दिने प्रचलन बढ्दो छ। यही क्रमलाई अगाडि बढाउँदै सुनवल नगरपालिका वडा नं. ०५, हर्दियाका सुरज बहादुर खड्का क्षेत्री र उनकी धर्मपत्नी तुलसी कुमारी खत्रीले आफ्ना छोरा र बुहारीलाई बिबाहको विशेष उपहारस्वरूप जीवन बिमा प्रदान गरेका छन्।
खड्का दम्पतीले छोरा बिमल खड्का र बुहारी संगिता रायमाझीको नाममा सिटिजन शुभारम्भ बिमा योजनाअन्तर्गत १५-१५ लाख रुपैयाँ बराबरको बीमालेख खरिद गरी प्रदान गरेका हुन्।
शुभविवाहको अवसरमा आयोजित कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, परासी शाखाका शाखा प्रवन्धक दिपक क्षेत्री थापाले बिमाको महत्व र आवश्यकताको जानकारी गराउँदै बिमा बचत र सुरक्षा दुबैका लागि उपयोगी हुने बताए। उनले बुबा आमाद्वारा उपहारस्वरूप बिमालेख प्रदान गरिएको यस कदमलाई अनुकरणीय भन्दै खड्का परिवारलाई बधाई तथा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर कमला थापा र एजेन्सी म्यानेजर विमला अधिकारी आचार्यले नवदाम्पतीलाई सुखमय वैवाहिक जीवनको शुभकामना व्यक्त गरे।













धन्यवाद छ खड्का परिवार लाई