महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त

२२ असार २०८२, आईतवार १०:३८

काठमाडौँ ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सरोज कुमार सिंहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको १६७ औं बैठक असार २० गते बसेको बैठकले उनलाई चार वर्षको पहिलो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

सिंहको नियुक्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६ को उपदफा (२) र नेपाल राष्ट्र बैंकले तोकेको सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (ख), ५ (ख) र सोही ऐनको दफा २ (क) तथा दफा २८ का प्रावधानहरूअनुसार गरिएको हो।

सिंहको कार्यकाल २०८२ साल साउन १ गतेबाट सुरु भई २०८६ साल असार मसान्तसम्म कायम रहनेछ।

One thought on “महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त

  1. अम्बिका प्रसाद बन्जारा says:

    शुभकामना आदरणीय सर

Leave a Reply to अम्बिका प्रसाद बन्जारा Cancel reply

Your email address will not be published. Required fields are marked *


*