ओभरसुटपछि एक घण्टा आकाशमा फन्को मारेर कतार एयर सुरक्षित अवतरण
१ श्रावण २०८२, बिहीबार १७:५३

काठमाडौँ । दोहाबाट काठमाडौँका लागि उडेको कतार एयरवेजको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट भएपछि करिब एक घण्टा आकाशमै फन्को मारेको छ । विमानस्थलमा अवतरणका लागि आवश्यक भिजिबिलिटी कमजोर भएपछि जहाजले अवतरण गर्न सकेन र आकासमै एक घण्टा होल्ड गरेर अन्ततः सुरक्षित अवतरण गरेको हो ।
कतारको दोहा शहरबाट काठमाडौँका लागि उडेको कतार एयरवेजको क्यूआर ६४६ नम्बरको जहाज बिहीबार ४ः४५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तालिका थियो । तर, काठमाडौँ उपत्यकामा मौसममा आएको बदलीका कारण भिजिबिलिटी न्यून भएपछि जहाज एकपटक ओभरसुट भयो ।

जहाज ओभरसुट भएपछि आकाशमै ‘होल्डिङ’ गरेर सुरक्षित अवस्थामा कुर्दै रहेको थियो । एक घण्टापछि मौसममा केही सुध्रिएपछि जहाजलाई अवतरणको अनुमति दिएको हो । जहाज ५ः५३ मा अवतरण भएको हो ।













