आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
कम्पनीले नायब प्रबन्धक (विभागीय प्रमुख)/सहायक प्रबन्धक पदमा २ जना, सहायक/वरिष्ठ सहायक पद र प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
नायब प्रबन्धकका लागि चार्टड एकाउन्टेन्सी कोर्ष उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको र सहायक प्रबन्धकका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा ८ वर्ष काम गरेको हुनु पर्नेछ।
सहायक/बरिष्ठ सहायकका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा ३ वर्ष काम गरेको र प्रशिक्षार्थी सहायकका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ। लघुवित्तमा काम गरेकाले प्राथमिकता पाउनेछन्।
साथै सबै पदका लागि इमेल, इन्टरनेट र कम्प्यूटरको राम्रो ज्ञान भएको हुनु पर्नेछ। उमेरको हकमा नायब प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, सहायक प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र बाँकी पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित अबको १५ दिनभित्र कम्पनीको वेबसाइटमा रहेको ‘करिअर’ अप्सनमा गई अनलाइनबाट आवेदन दिनु पर्नेछ।















म काम गर्न चाहानुछु
म काम गर्न चाहानुछु सहनयकपदमा
जागिरको आवश्यकता
म काम गर्न चाहान छु।