करोडौं कर छली गर्ने अग्नी इन्कर्पोरेटेड व्यापार ७ अर्ब, महिन्द्रा गाडी दुर्घटना र आगलागीले गुणस्तरमा प्रश्न

काठमाडौं । राज्यलाई करोडौं रुपैयाँ कर छली गरिरहेको महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले वर्षदिनमा ७ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले भैरहवा भन्सार कार्यालय मार्फत् आयात गरेका एस ५ र एस ११ मोडेलका स्कार्पियो गाडीको इन्जिन क्षमता कम देखाएर करोडौं रकम कर छली गरेको हो सोही कर छली गर्ने कम्पनीको व्यापारमा उल्लेख सुधार देखिएको छ ।
राज्यलाई लुकाइ छिपाई नेपाली अटो बजारमा ठगी धन्दा चलाइरहेको अग्नी इन्कर्पोरेटेडको कालो कर्तुत महालेखा परिक्षकको ६२औं प्रतिवेदनले उल्लेख गरेको छ । अग्नी इनकर्पोरेटेडले स्कार्पियो एस ५ र एस ११ आयात गर्दा सिलिन्डर क्षमता २१७९ सीसी रहेकोले भन्सार उपशीर्षक ८७०३.३२.२९ (२ हजार सीसीभन्दा माथिका डिजेल इन्जिन) बाट ८० प्रतिशत भन्सार महसुल, ९० प्रतिशत अन्तःशुल्क, १० प्रतिशत सडक निर्माण दस्तुर र मूल्य अभिवृद्धि कर लगाउनुपर्नेमा भन्सार उपशीर्षक ८७०३.३२.१० बाट जाँचपास गर्दा भैरहवा भन्सार कार्यालयबाट १ करोड ५० लाख ८४ हजार रुपैयाँ कर छली गरेको महालेखाको ठहर छ ।
नेपाली अटो बजारमा कर छली गरेर ल्याएका सवारी साधन बिक्री गर्दा कम्पनीले उल्लेख्य आम्दानी गरेको छ । भन्सारबाट कर छली गरी नेपालमा स्कार्पियो भित्र्याएर नेपाली उपभोक्तालाई महङ्गो मूल्यमा गाडी दिंदा अग्नी इन्कर्पोरेटेडको व्यापार बढेको देखिएको हो । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२४/०२५ मा ७ अर्ब १३ करोड कारोबार गरेको हो । कम्पनीको ९० प्रतिशत व्यापार स्कार्पियो र बोलेरोमा निर्भर छ ।

अग्नी इन्कर्पोरेटेडले महिन्द्राका स्कार्पियो, बोलेरो, एक्सयूभी ७००, एक्सयूभी ४०० लगायत कार बिक्री गर्दै आएको छ । सन् १९९१ मा स्थापना गरिएको अग्नी इन्कर्पोरेटेड प्रा.लि नेपालमा महिन्द्रा ब्रान्डका युटिलिटी सवारी साधन, यात्रुवाहक सवारी साधन र ट्रयाक्टरहरूको एक मात्र अधिकृत विक्रेता हो । कम्पनीका शेयरधनी तथा निर्देशकहरूमा क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुन प्रसाद शर्मा रहेका छन् । सोही समूहले राज्यलाई कर छली गर्दै आइरहेको हो ।
महिन्द्रा ब्रान्डको गुणस्तरमा पनि गम्भीर प्रश्न
पछिल्लो समय महिन्द्रा ब्रान्डका सवारी साधनको गुणस्तरमा समेत गम्भीर प्रश्न उठ्न थालेको छ । ब्रान्डका गाडी दिन प्रतिदिन भइरहेको दुर्घटना र आगलागीका घटनाले गुणस्तर कमजोर रहेको कुरा बाहिर सतहमा आइरहेको हो ।

महिन्द्रा ब्रान्ड स्कार्पियोमा अरु पनि धेरै समस्या देखिन थालेका छन् । उपभोक्ताहरूले गाडीको निर्माण प्रक्रिया, इन्जिन सम्बन्धी समस्या तथा गाडीका सेफ्टी फिचरहरूको कमजोरीबारे गुनासो गरिरहेका हुन् । कम्पनीका गाडी गुणस्तरमा कमजोर रहेकै कारण निरन्तर दुर्घटनामा पर्ने गरेको सवारी चालकहरुको अनुभव रहँदै आइरहेको छ ।
केही महिना अघि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहा मिर्चैया नजिक कम्पनीको स्कार्पियो चलाइरहेको अवस्थामा एक्कासी आगलागी भएको थियो । बा १३ च १३२९ नम्बरको स्कार्पियो आगलागीमा जलेर नष्ट भएको हो । गत वैशाखमा सानीभेरी गाउँपालिकामा स्कार्पियो दुर्घटना हुँदा एक दम्पतीको ज्यान गएको थियो । यी केही उदाहरण मात्रै हुन् यसरी महिन्द्रा ब्रान्डका सवारी दिन प्रतिदिन दुर्घटनामा पर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय रूपमा पनि महिन्द्राका विभिन्न मोडेलहरू सुरक्षाजन्य कमजोरीका कारण फिर्ता (रिकल) गरिएका उदाहरणहरू प्रशस्त छन् । प्रयोगकर्ताहरूले ब्रेक फेल, इलेक्ट्रिकल फल्ट र गाडीको अस्थिर सञ्चालन जस्ता समस्याहरू अनुभव गरिरहेको जनाएका छन् । गुणस्तर कायम गर्न नसक्दा कम्पनीको विश्वसनीयता घट्दै गएको र उपभोक्ताहरू अन्य ब्रान्डतर्फ आकर्षित हुँदै गएको देखिएको छ ।
महिद्रा स्कार्पियो आयात गर्दा अग्नि इन्कर्पोरेटेडद्वारा साढे एक करोड रुपैयाँ कर छली
महिन्द्राको स्कोर्पियो गाडी सडकमा गुड्दा गुड्दै आगो लाग्यो, सुरक्षा चुनौति बढ्यो
महिन्द्राको स्कोरपियो दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु













