युवा तथा बौद्धिक व्यक्तित्व जितेन्द्र शाही डोटी काँग्रेसबाट प्रत्यक्षमा सिफारिस

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता जितेन्द्र विक्रम शाही आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावको लागि उम्मेदवार सिफारिस भएका छन् । शाही डोटी जिल्लाबाट प्रत्यक्ष तर्फ दोस्रो नम्बरमा सिफारिस भएका हुन् ।
नेपाली कांग्रेस डोटीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १७ जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस पार्टीमा शाहीको अहम भूमिका रहेको छ । डोटी जिल्लाबाट सिफारिस गरिएका १७ जनामध्ये शाहीको पल्ला निकै भारी रहेको छ ।

नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको त्रिचन्द्र क्याम्पसको एकाई, त्यस्तै त्रिवि किर्तिपूरको नेविसंघ एकाई र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कर्मचारी संघ दिपायल शाखाको अध्यक्ष रही समेत उत्कृष्ट कार्य गर्न सफल पात्र हुन् शाही ।
उनले वर्तमान समयमा नेपाली काङ्ग्रेस जनसम्पर्क समिति नर्वेको तीन कार्यकाल सभापति र १४औं र १५ औं अधिवेशनमा महासमिति सदस्य भई जिम्मेवारी बहन समेत गरेका छन् । देशका विभिन्न स्थानमा अवलोकन गरी शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारमा अहम भूमिका निर्वाह गरेका छन् ।
डोटीस्थित सरस्वती माविका विद्यार्थीले पाए शैक्षिक तथा अध्ययन सामाग्री
नेपाली काङ्ग्रेस जनसम्पर्क समिति नर्वेको सभापति रहेका उनले डोटी जिल्लाको स्वास्थ्य क्षेत्र सुधार र आम नागरिकको सहजताको लागि एम्बुलेन्स समेत उपलब्ध गराएका छन् । डोटी जिल्लाका थुप्रै विद्यालयहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री समेत उपलब्ध गराएका छन् ।
शैक्षिक योग्यताको रुपमा समेत शाही प्रस्तावित उम्मेदवारहरुमध्ये निकै अगाडी रहेका छन् । डोटी जिल्लाको के आई सिँह गाउँपालिका–५ मा जन्मिएका शाहीले डोटी जिल्लाकै सरकारी विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थिए ।

साथै, त्रिचन्द क्याम्पसबाट बिएससीमा स्नातक तह उत्तिर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरेका छन् । नर्वेको ख्यातिप्राप्त विश्वविद्यालयबाट मास्टर इन इन्भाइरोमेन्ट अध्ययन गरेका शाही हाल सोही विषयमा पिएचडी गरिरहेका छन् ।
नेपालका विभिन्न सामाजिक तथा राजनीतिक कार्यमा संलग्न रहेका शाहीले विदेशबाट समेत लामो समयदेखि नेपाल विभिन्न स्थानहरुमा शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा अहम् भूमिका निर्वाह गर्दै आएका छन् । उनी व्यापार, खोज तथा अनुसन्धान, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रही नेपाली समुदाय र समग्र डोटी जिल्लाको विकासमा खटिएका छन् ।













