सुदूरपश्चिमको सांस्कृतिक र वातावरणीय क्षेत्रको अध्ययनलाई मूर्त रूप दिनेछुः सभापति जितेन्द्र बिक्रम शाही

१० श्रावण २०८०, बुधबार १५:३३

नेपाली जनसम्पर्क समिति नर्वेका सभापति तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य जितेन्द्र बिक्रम शाही नेपाल अनि सदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गरी काठमाडौं फर्किएका छन् ।

सुदूरपश्चिमको सांस्कृतिक र वातावरणीय क्षेत्रमा अध्ययन गर्दै आएका शाही निरन्तर जनस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागी हुदै आएका छन् । उनले विशेषगरी यस क्षेत्रको कृषि र जलवायूमा देखिएको परिवर्तनले कृषिमा परेको प्रभाव सम्वन्धमा अध्ययन भ्रमण केन्द्रित रहेको बताएका छन् ।

सुदूरपश्चिमको चर्चित तेले महाभारत पर्वत श्रृङखलाको जैविक, पर्यटन, धार्मिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि गरिएको अध्ययन कार्यलाई मूर्त रूप दिने उनले बताए ।

यस क्रममा नेपाल प्रेस युनियन, तरूण दल अनि नेबिसंले आयोजना गरेका विभिन्न कार्यक्रम अनि राजनीतिक भेटघाटमा सहभागी रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*