शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
२ पुष २०८२, बुधबार १०:२२

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने घोषणा गरेको हो।
घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
1765945693230












