पाथीभरामा केबुलकार निर्माणविरुद्ध फेरि आन्दोलन सुरु, शहीद दिवसका दिन फुङलिङमा जनप्रदर्शन

२२ पुष २०८२, मंगलवार १२:३०

काठमाडौं । राज्य शक्तिको दुरुपयोग गरेर पाथीभरामा केबुलकार निर्माण गर्ने कार्यविरुद्ध फेरि आन्दोलन सुरु भएको छ । पाथीभरा क्षेत्रमा भइरहेको केबुलकार निर्माणको विरोधमा मुक्कुम्लुङ पाङ्सेःप् चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मंगलबारदेखि आन्दोलन थालेको हो । पुस १८ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिले मंगबार ताप्लेजुङका विभिन्न स्थान र गाउँभेला तथा छलफल आयोजना गरेको छ ।

माघ १२ गते कोशीका सबै जिल्लामा कोणसभा र माघ १४ गते राजमार्ग केन्द्रित विरोध कार्यक्रम गर्ने घोषणा गरेको संघर्ष समितिले माग १६ गते शहीद दिवसका दिन केबुलकार निर्माण भइरहेको फुङलिङमा जनप्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम गर्ने भएको छ ।

१७ माघमा आन्दोलनका घाइतेलाई सम्मान गर्ने कार्यक्रम राखेको समितिले माघ १८ गते हाक्पारे देखिमाथि मुक्कुम्लुङ माङधान स्थलसम्म धागो टाँग्ने कार्यक्रम राखेको छ । माघ १९ गते पाथीभरा मन्दिर क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम राखेको संघर्ष समितिले माघ २० देखि माघ अन्त्यसम्म जिल्ला, गाउँपालिका र नगरपालिका एवं वडामा गठन भएका मुक्कुम्लुङ संरक्षण तथा सहयोग समितिहरुको सुदृढीकरण, विस्तार र शसक्तिकरणका साथै मुक्कुम्लुङ क्षेत्रको संरक्षण, केबुलकार जारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, सशस्त्र प्रहरी मुक्कुम्लुङ क्षेत्रबाट फिर्ता, मुक्कुम्लुङ संरक्षणकारीहरुलाई लगाइएका मुद्दा खारेजी र राज्य तथा केबुलकार पक्षबाट भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघन र हननका घटना गर्ने दोषीहरुमाथि कारबाही गर्नु पर्नेलगायतका मागहरुलाई चिर्वाचनको एजेण्डा बनाएर गाउँबस्तीमा लैजाने अभियान चलाउने कार्यक्रम अघि सारेको छ ।

यो आन्दोलनमा १४ वटा पहिचानवादी संघ संगठनहरु, विभिन्न पार्टीआवद्ध ११ संगठनहरु र जेनजी अभियानसँग आवद्ध अलाइन्सहरु एकतावद्ध भएका छन् ।

उनीहरुले किराँतहरुको मुक्कुम्लुङ र हिन्दुहरुको आस्थाको केन्द्रमाथि गरिएको प्रहार, शेयर दिलाउने नाममा स्थानीयमाथि गरिएको स्क्याम, राष्ट्रिय फूल लालीगुराँसको जंगल विनास र आन्दोलनका घाइतेहरुमाथि गरिएको दुव्र्यवहार तथा पहिचानवादीहरुमाथि लगाइएको झुठा मुद्दा लगायतका सवालहरु उठाएका छन् । मुख्यतः उनीहरुले आफुहरुको सभ्यता मास्नेगरी बनाउन लागिएको भौतिक संरचना केबुलकार खारेजी पहिलो माग बनाएका छन् । साथै उनीहरुले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजीको माग समेतअघि बढाएका छन् ।

स्थानीयमाथि ‘स्क्याम’ गरेर बनिरहेको पाथीभरा केबुलकारको भविष्य संकटमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*