विजय लघुवित्तको एफपीओ बाँडफाँड, ४६ हजार ६८१ जनाले हात पारे शेयर

६ माघ २०८२, मंगलवार ०९:३४

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुला गरेको एफपीओ आज बाँडफाँड गरेको छ।

एफपीओमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि रीतपूवर्क आवेदन दिएका थिए। मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड भएको हो। ४० हजारभन्दा बढीको आवेदन रद्द भएको कम्पनीले जानकारी दिएको छ।

बाँडफाँडमा ४६ हजार ६८१ जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने सोहीमध्येका ७ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्। बाँकी सबै आवेदकको हात खाली भएको छ।

 

यी तीन तरिकाबाट हेर्नुहोस् विजय लघुवित्तको एफपीओ नतिजा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*