यी तीन माध्यमबाट हेर्नुहोस् भुजुङ्ग हाइड्रोपावरको आईपीओ नतिजा

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ।
आईपीओ बाँडफाँडमा ८३ हजार जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तो भएको छ। आईपीओको नतिजा अनलाइनमा सार्वजनकि हुन केही समय लाग्ने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी दिएको छ।
अनलाइनमा सार्वजनिक भएपछि यी तीन माध्यमबाट सजिलै आईपीओको नतिजा हेर्न सकिनेछ।
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login












