हिमालयन बैंकबाट १३ लाख कित्ता शेयर बिक्री गरेर बाहिरिदैं संस्थापक शेयरधनी

२७ माघ २०८२, मंगलवार १०:२४

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १२ लाख ८२ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको हो ।

हालका लागि उक्त शेयर खरिद गर्न बैंकका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य रहनेछन् । इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित हिमालयन बैंकको कानुन विभागमा पेस गर्न सकिने बैंकले जनाएको छ ।

तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*