सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति

२७ माघ २०८२, मंगलवार १६:१९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ । कम्पनीले हाल सम्पन्न सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेसँगै क्यानले उडान अनुमति प्रदान गरेको हो।

यसअघि २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि कम्पनीका सबै उडान रोकिएका थिए । २०८२ साउन ३० गते क्यानले उडान अनुमति प्रमाणपत्रमा लागेको प्रतिबन्ध फुकुवा गरे पनि, सेफ्टी अडिटमा ६० प्रतिशतभन्दा कम अंक पाएको कारण कम्पनीले उडान गर्न सकिरहेको थिएन ।

सौर्य एयरलाइन्ससँग हाल दुईवटा जहाज छन् । तीमध्ये एउटा मात्रै उडानयोग्य अवस्थामा रहेको छ भने अर्को जहाज मर्मतकै क्रममा छ । कम्पनीले फागुनको दोस्रो साताबाट विराटनगर र भद्रपुरबाट उडान सुरु गर्ने योजना बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*