युनाइटेड अजोड इन्स्योरेन्सले पायो बोर्डबाट हकप्रद निष्कासनको अनुमति
२७ माघ २०८२, मंगलवार १७:४२

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते १० प्रतिशत हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो ।
अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।













