चुनौतीका बीच नेको इन्स्योरेन्सको नाफा १ करोड, ब्यवसाय एक अर्ब १८ करोड पुग्दा अन्य सूचक कस्तो ?

२९ माघ २०८२, बिहीबार ०७:२७

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले पछिल्लो ६ महिनामा १ करोड रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जेन–जी आन्दोलनले सिर्जना गरेको चुनौतिकाबीच कम्पनी नाफामा नै देखिएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीका बीच कम्पनीको नाफालाई सन्तोषजनक रुपमा हेरिएको छ ।

नेको इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा एक अर्ब १८ करोड ५४ लाख ४७ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको यसै अवधीमा एक अर्ब २० करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको नेकोको व्यवसाय चालु आवमा सामान्य अंकले घटेको छ ।

गत आवको आवको पुस मसान्तसम्म कम्पनीले ६८ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म १.४९ प्रतिशतले व्यवसाय वृद्धि गरी ६९ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४ करोड ७० लाख रुपैयाँबाट १.९० प्रतिशतले घटेर १ अर्ब २ करोड ७१ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ८२ करोड ४१ लाख रुपैयाँबाट २२.७७ प्रतिशतले बढेर १ अर्ब २ करोड १७ लाख रुपैयाँ नाघेको छ।

त्यस्तै अभिकर्तालाई कमिशन बापत दिएको रकम पनि २ करोड १४ लाख रुपैयाँबाट ४४.३२ प्रतिशतले बढेर ३ करोड १० लाख रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५.५१ रुपैयाँबाट घटेर ०.८० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३३.३५ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १६ करोड ७७ लाख रुपैयाँ र जगेडा कोषमा ५८ करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*