६ महिनामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ब्यवसाय १ अर्ब ४६ करोड, अन्य कुन सूचकको अवस्था कस्तो ?

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीमा खर्च हुँदा नाफा केहि प्रभावित भएपनि अन्य सूचक लयमा देखिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको कुल ब्यवसाय १ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त ब्यवसाय १ अर्ब ४४ करोड रहेको थियो ।
पुष मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.१२ प्रतिशतले बृद्धि भएको छ । यसअवधिमा कम्पनीले ५७ करोड ६६ लाखको बीमा व्यवसाय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।
समिक्षा अवधिमा चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने १७ करोड ५३ लाख रुपैयाँ ऋणत्मक र महाबिपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चिती रहेको छ । साथै कम्पनीको बीमा कोषमा ७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ सञ्चिती रहेको छ ।

पुष मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा १८ करोड ११ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १४ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी ३.६१ प्रतिशतले बढेर ९३ करोड २ लाख र कुल खर्च ७१.४८ प्रतिशतले बढेर १ अर्ब १८ करोड ९० लाख रुपैयाँ रहेको छ ।
यता, कम्पनीको प्रतिशेयर आम्दानी ९.४५ रुपैयाँले घटेर ११.९६ रुपैयाँ ऋणात्मक र प्रतिशेयर नेटवर्थ १७६.२५ रुपैयाँ रहेको हो ।












