४६ माइक्रोफाइनान्सको खराब कर्जा बढ्योः २१ लघुवित्तको १० प्रतिशतमाथि, कुनको कति ?

११ फाल्गुन २०८२, सोमबार १२:२२

काठमाडौँ । माइक्रोफाइनान्सको मुनाफामा चमक देखिएपनि खराब कर्जा भने निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ । हाल सञ्चालनमा रहेका ५० लघुवित्त मध्य अधिकांशको खराब कर्जाको आकार निरन्तर बढी रहेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले देखिएको हो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले अपनाएको नीतिले लघुवित्त कम्पनीको नाफामा उछाल देखिएको छ । दोस्रो त्रैमाससम्मको अवधिमा माइक्रोफाइनान्स कम्पनीले ४ अर्ब ७९ करोड २ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । लघुवित्तहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि तुलनामा ८९ प्रतिशतले बढी हो । तर, ५० लघुवित्तमा ४६ कम्पनीको खराब कर्जा भने बढेको देखिएको छ ।

लघुवित्तको औसत खराब कर्जा ६.४५ प्रतिशत रहेकोमा ३.८३ प्रतिशतले बढेर १०.२९ प्रतिशत पुगेको हो । २१ लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा धेरै रहेको तथ्याङले देखिएको छ ।

यसअवधिमा चार कम्पनीले मात्रै खराब कर्जा घटाउन सफल भएका छन् । छिमेक लघुवित्तको ०.२७ प्रतिशतले घटेर २.४५ प्रतिशत, एनएमबि लघुवित्तको १.१३ प्रतिशतले घटेर ४.८३ प्रतिशत, आत्मनिर्भरको ३.२८ प्रतिशतले घटेर ११.८१ प्रतिशत र युनिक नेपाल लघुवित्तको ०.८७ प्रतिशतले घटेर १८.३८ प्रतिशत रहेको छ । सो मध्य छिमेक लघुवित्तका सबैभन्दा कम खराब कर्जा हुने कम्पनी पनि हो ।

साथै, आरएसडिसि लघुवित्तको २.८४ प्रतिशत, गुरास लघुवित्तको ३.१३ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.१७ प्रतिशत, साना किसान विकास लघुवित्तको ४ प्रतिशत, अभियान लघुवित्तको ४.१५ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ४.५२ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ४.७६ प्रतिशत, महिला लघुवित्तको ४.७७ प्रतिशत, नेशनल लघुवित्तको ४.८१ प्रतिशत रहेको छ ।

६ महिनामा सर्वाधिक खराब कर्जा हुने कम्पनीमा नेरुडे मिर्मिरे लघुवित्त रहेको छ । कम्पनीको खराब कर्जा १७.२८ प्रतिशतले बढेर २५.७५ प्रतिशत पुगेकोे छ ।

यता, नेष्डो समृद्धि लघुवित्तका २१.६० प्रतिशत, मेरो माइक्रोफाइनान्सको १९.५४ प्रतिशत, विजय लघुवित्तको १९.३७ प्रतिशत, सिवाईसि नेपाल लघुवित्तको १८.४८ प्रतिशत, इन्फिनीटि लघुवित्तको १७.८५ प्रतिशत र नाडेप लघुवित्तको १७.५४ प्रतिशत खराब कर्जा रहेको छ ।

माइक्रोफाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ४ अर्ब ७९ करोड, कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*