६ महिनामा बिजुली बेचेर ९२ हाइड्रोले कमाए २८ अर्ब, कुनको आम्दानी कति ? (तथ्यांकसहित)

१२ फाल्गुन २०८२, मंगलवार १२:३३

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी २५ प्रतिशतले बढेको हो ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९२ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमामा विद्युत बेचेर २८ अर्ब १० करोड ५० लाख ६५ हजार रुपैयाँ आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा २४.९८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा जलविद्युत कम्पनीहरुले २२ अर्ब ४८ करोड ८१ लाख ७३ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेका थिए ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९३ कम्पनीले ६ अर्ब ९१ करोड ७५ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १०१.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा हाइड्रो कम्पनीहरुले ३ अर्ब ४१ करोड ४८ लाख ५७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

विद्युत बिक्री बढ्दा हाइड्रोपावरले सोहि अवधिमा ६ अर्ब ९१ करोड ७५ लाख ५० हजा रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०१.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा हाइड्रो कम्पनीहरुले ३ अर्ब ४१ करोड ४८ लाख ५७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा बिद्युत बिक्री आम्दानी सर्वाधिक गर्नेमा अप्पर तामाकोशी जलविद्युत रहेको छ । कम्पनीले बिजुली बेचेर ५ अर्ब ७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्ष आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८१.४४ प्रतिशतले बढी हो ।

६ महिनामा सर्वाधिक विद्युत बिक्री गर्ने दोस्रो नम्बरमा साहज उर्जा रहेको छ । कम्पनीले पुष मसान्तसम्मको अवधिमा १ अर्ब ७० करोड ४९ लाख रुपैयाँको बिजुली बेचेर हो । जुन गत आथिक वर्षको सोहि अवधिको तुलनामा ५.५२ प्रतिशतले बढी हो ।

त्यस्तै, समिक्षा अवधिमा क्रमशः ग्रिज भन्चर्सले १ अर्ब १ करोड २६ लाख, अपि पावरले ९५ करोड ९२ लाख, माउन्टेन इनर्जीले विद्युत बिक्री मार्फत ९१ करोड ४४ लाख, सानिमा मिडिल तमोरले ८८ करोड ९१ लाख, सान्जेल जलविद्युतले ८५ करोड ८२ लाख, सुपर मादीले ६७ करोड २८ लाख, बलेफी हाइड्रोपावरले ६३ करोड ७२ लाख, चिलिमे हाइड्रोपावरले ६३ करोड ६५ लाख, पिपुल्स हाइड्रोपावरले ५७ करोड १२ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आर्जन गरेका छन् ।

उत्पादन क्षमतामा आएको निरन्तर वृद्धि, बैंकिङ्ग ब्याजदरमा आएको गिरावट र खर्च नियन्त्रणमा अपनाइएको सजग रणनीतिले जलविद्युत कम्पनीहरूको लाभमा प्रत्यक्ष योगदान पु–याएको छ । दीर्घकालीन सम्झौताबाट लाभदायक मूल्य सुनिश्चित हुनुका साथै अतिरिक्त विद्युत आपूर्ति गर्न सक्नु आय विस्तारको प्रमुख आधार बनेको छ ।

सबैभन्दा कम विद्युत बिक्री मार्फत आम्दानी गर्नेमा जोशि हाइड्रोपावर रहेको छ । कम्पनीले ६ महिनामा ४८ लाख ६६ हजार रुपैयाँ मात्रै बिद्युत बिक्री आम्दानी गरेको छ । साथै, अपर स्याङ्गे हाइड्रोपावरले १ करोड ९४ लाख, कुथेली बुखेरी स्मल हाइड्रोले १ करोड ९२ लाख, माई खोलाले १ करोड ९७ लाख, बराही हाइड्रोले २ करोड ६ लाख र पिपुल्स पावरले ३ करोड १७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेका छन् ।

सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा शतप्रतिशतले बढ्यो, ९३ मध्ये कुनको कति ? (तथ्यांकसहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*