यी वेबसाईटबाट हेर्नुहोस् सुपर खुदी हाइड्रोपावरको आईपीओ रिजल्ट

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि ११ गतेसम्म बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज बिहान साढे ८ बजे आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ लाख ८६ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। आईपीओमा २५ लाख ८० हजार ४७० जना योग्य आवेदकले २ करोड ७७ लाख ३ हजार ८८० कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए। ३९ हजार ८७१ जनाको आवेदन भने रद्द भएको छ।
मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिद्वारा बाँडफाँड गरेको हो। बाँडफाँमा १ लाख २८ हजार ६५० जना आवेदकले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन्। आईपीओको रिजल्ट अनलाइनमा आउन केही समय लाग्ने कम्पनीले जनाएको छ। रिजल्ट आएपछि यी माध्यमद्वारा सजिलै हेर्न सकिनेछ।
अनलाइनमा सार्वजनिक भएपछि यी तीन माध्यमबाट सजिलै आईपीओको नतिजा हेर्न सकिनेछ।
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख २८ हजारले पाए शेयर












