पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजारले पाए शेयर

२९ फाल्गुन २०८२, शुक्रबार १०:२२

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा कुल २४ लाख १३ हजार ५१७ जनाबाट आवेदन परेकोमा २३ लाख ७६ हजार ७०५ जनाको आवेदन मात्र स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ४ लाख ५० हजार आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन्। बाँकी सबै आवेदकको हात रित्तिएको छ।

यी तिन तरिकाबाट हेर्नुहोस् पाल्पा सिमेन्टको आईपीओको नतिजा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*