जेको ‘जे सिक्स टी’ नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता चेरीको न्यू इनर्जी ब्राण्ड जेकोले आफ्नो लोकप्रिय जे सिक्स मोडलमा सुधार गर्दै ‘जे सिक्स टी’ नामक नयाँ मोडल नेपाली बजारमा ल्याउन लागेको छ। एसपीजी अटोमोबाइल्स कम्पनीले यहि साताको सार्वजनिक गर्ने तयारी गरिरहेको हो ।
नयाँ जे सिक्स टीमा ग्राउण्ड क्लियरेन्स २०० एमएमबाट बढाएर २२५ एमएम गरिएको छ, जसले अफरोड सडकमा सहज चलाउन सकिने सुविधा दिन्छ। कम्पनीले बडीमा पनि केही डिजाइन परिमार्जन गरेको छ, विशेषगरी अगाडिको ग्रिलमा नयाँ रूप दिइएको छ। नयाँ मोडलको लम्बाइ ४४३३ एमएम, चौडाइ १९१६ एमएम र उचाइ १७४१ एमएम रहेको छ। अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री राखिएको छ।
जे सिक्स टीमा ६५.६९ किलोवाट आवरको ब्याट्री प्याक र १३५ किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर रहेको छ। सबै लाइट एलइडी, पछाडि छुट्टै स्टोरेज, १९ इन्चको आकर्षक ह्वील, पानारोमिक सनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डुअल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रिक पार्किङ ब्रेक, छ एयरव्याग, लेवल-२ एडास, भेहिकल स्टेबिलिटी कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सुविधा राखिएका छन्।












