पुँजी बजारमा १०५ अकंको पहिरोः लगानी डुब्दा छटपटीमा लगानीकर्ता, अर्थमन्त्री वाग्लेबाट धोका !

काठमाडौँ । पुँजी बजारमा भारी पहिरो गएको छ । राजनीति अस्थिरताकाबीच देशले बहुमतको सरकार पाएको खुसी भएपनि शेयर बजारका लागि उक्त सरकार अभिषाप भइरहेको हो ।
बालेन शाह नेतृत्वको नयाँ सरकार सत्ताको बागडोर सम्हालेको लगानीकर्ताका लागि चुनौतीपूर्ण बनेका छन् । नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेले कार्यभार सम्हाले देखि नै बजारमा सकारात्मक प्रभाव देखिएको छैन । वाग्ले जस्ता विज्ञ अर्थशास्त्री र अनुभवी व्यक्तिलाई स्वागत गर्ने अपेक्षा राखिएको भए पनि उनको पदभार ग्रहण पछि शेयर बजारमा स्पष्ट प्रतिक्रिया नआएकोले लगानीकर्तामा निराशा बढेको विश्लेषकहरूले बताएका छन् । पुँजी बजारलाई स्थिर बनाउने दृष्टिकोणमा सरकारले अझै स्पष्ट र ठोस प्रतिबद्धता देखाउन सकेको छैन । सरकारको १०० दिने कार्यसूचीमा पनि पुँजी बजारसम्बन्धी नीति समावेश नभएकाले लगानीकर्ताले पर्ख र हेरको अवस्थामा रहनु परेको छ ।
लगानीकर्ताले अर्थमन्त्रिबाट ठुलो आश गरेका थिए । तर, अहिलेसम्म अर्थमन्त्री वाग्लेले शेयर बजारका लागि कुनै सकारात्मक प्रत्तिक्रिया समेत दिन नसकेको लगानीकर्ताको आक्रोस रहेको छ । लगानीकर्तालाई अर्थमन्त्रीले धोका दिएको अनुभव उनीहरुले गरेका छन् ।
बजारमा मुख्य असर हालको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाबाट परेको छ । अवैध लगानी नियन्त्रणका लागि लागू भएका नयाँ नीतिहरूले बजारमा दबाब सिर्जना गरेका छन् । बैंक खाताबाट हुने कारोबारको निगरानी, अवैध लगानी रोकथाम र कानुनी कारबाहीको संकेतले केही ठूला लगानीकर्तालाई सतर्क बनाएको छ । यसै क्रममा ब्यवसायी धमाधम पक्राउ पर्ने थालेका छन् । जस शेयर लगानीकर्ताको मनोबल थप कमजोर बनाइरहेको छ ।
सरकारले राम्रो र नराम्रो कार्यको फिल्टरिङ प्रक्रिया सुरु गरेको छ । यसले ठूला लगानीकर्तामा त्रास उत्पन्न गरेको छ । बजारमा ठूला लगानीकर्ताले बाहिरिन खोज्दा नेप्सेमा गिरावट देखिन थालेको हो । नयाँ सरकारले कालो धनको खोजी सुरु गरेपछि बजारमा भागाभागको स्थिति सिर्जना भएको छ । ठूला र माफिया भनिएका लगानीकर्ताहरू त्रसित भएका छन् र उनीहरूको भाग्दा बजारमा प्रभाव परेको छ । सिआईबिले अनुसन्धान चलिरहेकै विषयमा पब्लिक कम्पनीहरूको नामै किटेर अनुसन्धानको पत्र बाहिर सार्वजनिक गरी रहेको छ । यसले बजारलाई बजारलाई प्रभावित बनाइरहेको छ । गोप्य अनुसन्धान नहु्ँदा अन्य ब्यवसायीहरु समेत त्रसित हुँदै गएको देखिएको छ ।
हालको अवस्थामा बजार स्थिर बनाउन सरकारले लगानीकर्तालाई आश्वस्त पार्ने स्पष्ट नीतिगत मार्गचित्र सार्वजनिक गर्न सकेको छैन । जसले गर्दा लगानीकर्ताको लगानी बालुवामा पानि झै भइरहेको छ । राष्ट्र बैंकले अधिकांश नीतिहरू सकारात्मक बनाइरहे पनि पुँजी बजारले गति लिन सकेको छैन । बैंकको ब्याजदर निरन्तर ओरालो लागेको छ भने राजनीतिक स्थिरता पनि आएको छ तर बजारले अझै गति लिन सकेको छैन । अधिकांश लगानीकर्ता अर्थमन्त्रीको मौनताले बजारका ७५ लाख लगानीकर्ताको लगानी डुबि रहेको बताउँदै समाजिक सञ्जाल मार्फत आक्रोस पोखि रहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अकंले घटेर २६७६.६८ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ३.३२ प्रतिशत, विकास बैंक समूहको ४.३२ प्रतिशत, फाइनान्स समूहको ३.९४ प्रतिशत, होटल तथा प्रर्यटन समूहको ३.०४ प्रतिशत, हाइड्रोपावर समूहको ४.८४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार २६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको मात्रै बढेको हो ।
हिमालयन रि इन्स्योरेन्सको शेयर कारोबार उच्च, अन्य कुनको कति ?











