सिंहदरबार गेट अघि पुगेका शेयर लगानीकर्ता लखेटिए

२२ चैत्र २०८२, आईतवार १६:०४

काठमाडौँ । शेयर बजारमा लगातारको गिरावटले तनावग्रस्त बनेका लगानीकर्ता आइतबार आक्रोशित रूपमा सिंहदरबार पुगेका छन् । नयाँ सरकार गठन भएयता नै बजारमा निरन्तर दबाब देखिँदै आएकोमा आज एकैदिन १०५ अंकको भारी गिरावट आएपछि लगानीकर्ताहरू थप आत्तिएका हुन् ।

बजारमा भएको तीव्र गिरावटले अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा परेपछि त्यसको समाधान खोज्न सरकारसँग प्रत्यक्ष संवाद गर्न लगानीकर्ताहरू सिंहदरबारको पूर्वी गेटतर्फ पुगेका थिए । उनीहरूले प्रतिनिधिमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले नेतृत्वको टोलीसँग भेट गरी आफ्ना माग र समस्याहरू राख्ने योजना बनाएका थिए ।

तर, सिंहदरबार क्षेत्र निषेधित क्षेत्र भएको भन्दै प्रहरीले उनीहरूलाई प्रवेश गर्न दिएन । प्रारम्भमा सामान्य रूपमा रोकेको प्रहरीले लगानीकर्ताहरूको भीड बढ्दै जाँदा र आक्रोश चर्किँदै गएपछि सो क्षेत्रबाट लखेटिएको हो ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताको टिम सो ठाउँमा पुगेको थियो ।

पुँजी बजारमा १०५ अकंको पहिरोः लगानी डुब्दा छटपटीमा लगानीकर्ता, अर्थमन्त्री वाग्लेबाट धोका !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*