बीमा समितिको गलत निर्णयका विरुद्धमा आन्दोलनको तयारीमा जीवन बीमा अभिकर्ता

२२ जेष्ठ २०७८, शनिबार ०८:२८

काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्तामाथि अन्यायपूर्ण र बीमा ऐन उल्लंघन गरी असार मसान्तभित्र ऋण असुल गर्न बीमा कम्पनीहरुलाई दिएको  निर्देशनका विरुद्धमा बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

बीमा समितिका विरुद्धमा आक्रोसित र स्तब्ध बनेका जीवन बीमा अभिकर्ताहरुले नेपाल लाइफ, नेशनल लाइफ, एशिन लाइफ लगायतका कम्पनीमा आबद्ध कम्पनीहरुले आफ्नै कम्पनीमार्फत बीमा समितिका विरुद्धमा दर्जनौं माग पत्रहरु बुझाइसकेका छन् भने कोरोना महामारीकै बीचमा आन्दोलनको तयारी समेत भित्रभित्रै भइरहेको छ ।

बीमा समितिले गत बैशाख २ गते सबै बीमा कम्पनीहरुलाई निर्देशन पठाउँदै बीमा अभिकर्ताले बीमा कम्पनीबाट लिएको ऋण तीन महिनाभित्र उठाइसक्न पत्राचार गरेको थियो । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ मा बीमा कम्पनीले आफ्ना अभिकर्तालाई ऋण दिन सक्ने गरी दफा ४९ (ख) मा व्यवस्था गरेको र सोही व्यवस्था बमोजिम ऋण प्रवाह गरेकोमा बीमा समितिको निर्देशनपछि बीमा अभिकर्तामा प्रवाह भएको कर्जा उठाउन ऋण लिएका सबै बीमा अभिकर्ताको खातामा जाने रकम ऋणमा कट्टा गर्न थालिएको बीमा कम्पनीहरुको भनाई छ ।

बीमा समितिको निर्देशनसँगै सबै बीमा कम्पनीहरुले ऋण लिएका अभिकर्ताको खाता रोक्का गरी अभिकर्ताले बीमा व्यवसाय बातप प्राप्त आम्दानी पठाउन रोक्का गरिसकेका छन् । कोरोना महामारीको कारण जारी निषेधाज्ञाकै बीचमा बीमा कम्पनीहरुले अभिकर्ताको खाता रोक्का गर्न बाध्य भएपछि देशैभरिका एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरु आक्रोसित र स्तब्ध छन् ।

नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र एलआईसी नेपाल मात्रै ७० हजार भन्दा बढि सक्रिय अभिकर्ता छन् । चार वटै बीमा कम्पनीका बीमा अभिकर्ताहरुले आफ्ना कम्पनीमार्फत अभिकर्तामाथि अन्याय भएको व्यहोरासहितको पत्र कम्पनीमा बुझाइसकेका छन् । बीमा कम्पनीका सिईओहरुले भने मौखिक रुपमा मात्रै बीमा समितिका अधिकारी समक्ष उक्त विषयहरु राख्ने गरेको र लिखित रुपमा प्रस्तुत नगरेको एक बीमा कम्पनीका सिईओले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीमा पोष्टलाई जानकारी दिए ।

जीवन बीमा अभिकर्ताहरुले आफू कार्यरत कम्पनीमा पाँच वर्षदेखि १० वर्षसम्म तिर्ने शर्तमा, घर निर्माण गर्न, गाडी खरिद गर्न तथा मोटरसाइकल खरिद गर्न ऋण लिएका छन् । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बीमा समितिको अमानवीय र बीमा ऐन २०४९ को विपरित हुने गरी जारी गरेको निर्देशनका कारण जीवन बीमा अभिकर्ताहरु समस्याका परेको बताउँदै कोरोना महामारीकै बीचमा सम्झौताहिन आन्दोलन गरिने बताए । उनले भने, ‘साथीहरुसँग छलफल भइरहेको छ, बीमा समिति र बीमा कम्पनीहरुले गरेको गैर न्यायिक र अव्यवहारिक निर्णय तथा दुई पक्षहरुका बीचमा भएको सम्झौता खारेज गर्ने गलत मनसायका विरुद्धमा सशक्त आन्दोलन गर्छौ ।’

उता, बीमा अभिकर्ताहरुले जिल्ला जिल्लाबाट पेशागत बीमा अभिकर्ता संघलाई केन्द्रमा आन्दोलन चर्काउन असफल भएको आरोप लगाएका छन् । विराटनगर, झापा, बीरगन्ज, बारा, नेपालगन्ज, सुर्खेत लगायतका अभिकर्ताहरुले बीमा अभिकर्ताको छाता संगठन सक्रिय हुन नसकेको र बीमा अभिकर्ताको पक्षमा आवाज उठाउन नसकेको आरोप लगाउन थालेका छन् । ‘कोरोना महामारीमा २२ जना बीमा अभिकर्ताको मृत्यु भइसकेको अवस्थामा बीमा कम्पनीले बीमा समितिको निर्देशनको नाममा खाता रोक्का राख्नु कति न्यायिक, कति मानवीय र कति  जायज छ ?’ बीमा अभिकर्ता दीपक कुमार बरालले भने, ‘बीमा अभिकर्ता संघले नेतृत्वले अझै आन्दोलन गर्नु ढिलाई गर्नु हुँदैन ।’

बीमा समितिले बीमा अभिकर्ताको खाता रोक्का हुने गरी दिएको निर्देशनले आहात बनेका बीमा अभिकर्तालाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एसेन्सी म्यानेजर हुनको लागि आवश्यक टार्गेटमा बृद्धि गरेपछि थप आक्रोसित बनेका छन् । यतिबेला सबैभन्दा पीडित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता बनेका छन् । ‘कोरोना महामारीमा एकातिर बीमा समितिले घाँटी अठ्याउने, अर्कोतिर कम्पनीले पछाडिबाट चुट्ने काम भएको छ, हामीको अन्याय कसले बुझ्ने ?’ नेपाल लाइफका एक बीमा अभिकर्ताले बीमा पोष्टसँग बेदना पोखे ।

 

कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची

13 thoughts on “बीमा समितिको गलत निर्णयका विरुद्धमा आन्दोलनको तयारीमा जीवन बीमा अभिकर्ता

  1. सुन्दर भट्ट, बीरगन्ज, अलौं says:

    बीमा समितिका नयाँ अध्यक्ष पापी रैछन् । नेपाल सरकारमा जागिर खाँदा कति जम्मा गरेका थिए, महल बनाए, दाता खुशी पारे अध्यक्ष पद पड्काए, अनि अभिकर्ताको घाँटी रेट्न तम्सिए । कमिशन चाहिएको हो कि के रैछ सोधौं त साथी हो । पूर्व सचिव, अध्यक्ष सूर्य सिलवाल बीमा क्षेत्रका माफियाका लागि काम गर्छन कि श्रीमजीवी अभिकर्तालाई न्याय दिन्छन् ? कमिशनको लागि नयाँ कम्पनी दर्ता गर्ने अनि एक लाख पौरखी अभिकर्ताको घाँटी थिच्ने । यी पापीलाई सबै मिलेर सामाजिक सजाय दिऔं ।

  2. खगेन्द्र सुवेदी says:

    बिमा समितिको यो निर्णय अन्याय पुर्ण र खेद जनक छ। कानुनले दिएको अधिकार कसैले पनि सन्किको भरमा खोस्न मिल्दैन।बिमा अभिकर्ता पेशा मार्फत लाखौको घरमा चुलो बल्ने गरेको छ।घरपरिवार पालिएका छन। सरकारले रोजगार दिन नसकेको अवस्थामा लाखौं ले अभिकर्तामा पेशा मार्फत रोजगारिको सिर्जना भएको छ।बिमा समितिले निर्णय बदल्नु पर्छ।नत्र देशब्यापी आन्दोलनको आधिबेहरी उठ्नेछ।आफ्नो हक को यो लडाइँमा सबैले आवाज उठाउँ।।

  3. रविन्द्र सिंह नेगी says:

    म कोरोना। पोजेटिभ भयर 30 दिन पछिनिको भएको छु तर मैले यसियन लाईफ इन्स्योरेन्स मा मैले जीवन बीमा गरेको छु यसमा मैले केही सुविधा पाउँछ कि

  4. रबिन्द्र सिंह नेगी says:

    एक दम राम्रो कुरा सबले एक भयर आन्दोलन गर्नु पर्छ

  5. टिकामान परियार says:

    यो बिमा समिति को यो निर्णय सरासर गलत छ यो बिमा ब्यबसायि हरु को बिरुद्ध र बिमा को बजार बिरुद्ध मा
    छ् ! बजार बाट बिमा को पोलिसी ल्याउन कत्ति गाह्रो छ भन्ने कुरा हाम्रा अध्यक्ष लाइ के थाहा ? अभिकर्ता को पेशालाई कसरी आकर्षक बनाउने भन्ने तिर ध्यान जानु पर्ने होइन र? ठिक छ सबै कम्पनि हरुमा लागु हुने गरि एउटै मोडेल बनाएर सेवा सुबिधा को कार्यक्रम पो ल्याउन उचित हुन्थ्यो त ! आज हाम्रो आवाज को प्रतिनिधित्व हाम्रै सि इ ओ हरुले पनि गर्नै पर्ने हुन्छ! अहिले को यो बिमा समिती को निर्णय लाइ पुन बिचार गराउन को लागि हामि सबै को संयुक्त सघर्स आज को आवस्यकता हो! म पनि आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने छु!

  6. Baburam gaire says:

    BIMA samiti le yasto ke garna khojeko hola sayad CEO haru le nai gayar hjr yaso garnu pareko xa bhanera ta bhaneko hunki

  7. सियाराम चौधरी says:

    येकदम राम्रो कुरा हो सबै अभिकर्ता येकजुट भएर आन्दोलन को बिकल्प छैन यात बिमा् समिति सच्चिनु पर्छ ।

  8. विवेक says:

    बीमा अभिकर्ता संघले पैसा मात्रै उठाउने कि आन्दाेलन पनि गर्ने हाे । अभिकर्ताके खातामा अाउने पैसा काटेर संघमा खातामा लैजाने, अनि यस्ताे बेलामा टार्गेट बढाउने विरूद्द, बिमा समिति अान्दाेलन गर्न खुट्टा कमाउने प्रवृत्ति ठीक भएन । नन्द सरकाे ध्यानाकर्षण गराउदछु ।

  9. राजु साह says:

    अपरिपक्व निर्णयको कारण सबैले बिमा समिति माथि औला उठाउने मौका पाए । बिमा समितिले समयमै निर्णय सच्याएर साख जोगाउन जरुरी छ। रोडमा चिच्याई रहेको अभिकर्तालाई यस्तो विषम परिस्थितिमा सम्बोधन गर्न निकै जरुरी छ ।
    तर नेपाल मात्र हैन की विश्वमा नै शक्ति वा पदस्थ व्यक्तिले सानो चिच्याहट सुन्दैन र त्यो पिडितहरूको समूह आक्रोशित शक्तिको रुप लिन्छ । त्यस पछिको घटनाक्रमले पदस्थ व्यक्तिको अहम निकै नराम्रो तरिकाले परिवर्तन गर्न बाध्य बनाउँछ।
    त्यो परिस्थिति सृजना नगर्नुहोस, असल नेतृत्वले निर्णय लादैन, नेतृत्वले उलाहस भर्ने कार्य गरेको छ ।
    समग्र बिमा बजारलाई यो निर्णय नराम्रो असर गरेको छ यसलाई सच्याउन जरुरी छ। रोडको चिच्याई समयमै सुन्न जरुरी छ ।

    1. Phiroj kumar dewan says:

      Avikarta ke ho vanne kura ramrari thaha hunexa aafulai hitlar na samjhinus astitwa metinexa…dhamki hoina bachan ho

  10. दामोदर लामिछाने says:

    यस्तो महामारी को समयमा बीमा समिति ले गरेको निर्णय घोर निन्दा र भर्त्सना योग्य छ अभिकर्ता ले दिनरात नभनी काम गर्ने राज्य को बजेट को१चौथाई रकम जम्मा जम्मा गरेबापत कमाएको रकम बाट अरबौ टेक्स काट्ने कंपनी ले काम को आधारमा रहेर दियको ऋण सुबिधा समय नपुगी तिर(हगेहग मुते काटमला) गरेरेर हुन्छ।यो निर्णय तुरुन्त फिर्ता लिन बिमा समिती लाई 1पटक लाई बिनम्रतका साथ हार्दिक अनुरोध गर्दछौ ।अन्यत्था बिमा अभिकर्ता जाग्ने बेला आउछ म हाम्रो एशियन लाईफ इन्स्योरेन्स कम्पनि लि बिमक समिती केन्दीय समिती को तर्फबाट यो निर्णय फिर्ता गर्न अनुरोध गर्दछु साथै देश भरी रहेका अभिकर्ता साथिहरुसँग छलफल भइरहेको र्जस्तोसुकै आन्दोलन गर्न परेपनी गर्ने तयारिमा हाम्रो तर्फबाट पेशागत बिमा अभिकर्ता माहासंघ लाई एक्यबद्दता रहेको कुरा जानकारी गर्दछु
    पेशागत बीमा अभिकर्ता माहासंघ
    एशीयन लाइफ ई क.लि बिमक समिति अधक्ष्य
    दामोदर लामिछाने

  11. गिरिराज सेढाई says:

    नेपालमा गलत अासयका ब्यक्तिहरु विभिन्न अोहोदामा छन्।सुर्य सिलवाल जस्तो निच हर्कत वाला मानिस अर्को देखिएन।बिमा समितिको गलत निर्णयले जटिल समश्या ननिम्त्यावोस्।

  12. ऋषिराम भूसाल says:

    नियामक निकाय बीमा समितिले उचित तालिम , प्रशिक्षण र सहि नियमन नगर्ने अनि अभिकर्तालाई के डण्डा बर्षाउन मिल्छ ? राज्यले बनाएको कानून अनुसार पाएको सेवा सुविधा माथि -याल चुहाउन मिल्छ नियामक निकायले ? अभिकर्तासंग सम्बन्धि कुनै बिषयमा नयाँ नितिगत निर्णय लिनु परेमा सरोकारवाला पक्ष अभिकर्ताहरुको साझा संगठन पेशागत बीमा अभिकर्ता संघ नेपालसंग बसेर छलफल गरी निष्कर्षमा पुग्न सकिन्छ । उनिहरु पनि यो पेशालाई मर्यादित र ब्यवस्थित गर्न लागि परेको इतिहास साक्षी छ । बीमा उद्योग र राज्यको लागि उनीहरुको ठूलो योगदान छ । स्वयं बीमा समितिको सम्पूर्ण आर्थिक दायित्व बहन गरेका पेशा कर्मी अभिकर्ता कोभिडको कारणले यसै त थला परेकाछन् । बर्षको अन्तिममा यस्तो विषम परिस्थितिमा राहत दिनुपर्नेमा उल्टो आहत दिने निर्णय कसकसको के स्वार्थको लागि गर्दै हुनुहुन्छ बीमा समितिका नवनियुक्त अध्यक्ष महोदय ? तपाईंको उद्देश्य के हो ? बीमा उद्योगको संरक्षण र बीमा समितिको गरिमा बढाउनको लागि तपाईंले जिम्मेवारी लिनु भएको हो भने तपाईंको यो कदमले सो गर्छ ? मुठ्ठीभर दलालहरुले तपाईंलाई घेराबन्दी गरेकाछन् भने भन्नुस् अभिकर्ता र यसको नेतृत्वले तपाईंलाई साथ दिनेछ ; जीवनको उत्तरार्धमा तपाईं यो क्षेत्रमा राम्रो काम र तपाईं सफल बन्न चाहानु हुन्छ भने ? केही कमि कमजोरी रहे पनि पूर्ब अध्यक्ष चिरञ्जीवी चापागाईंज्युले यो क्षेत्रमा केही राम्रो गर्नु भएको थियोे । अभिकर्ता सम्बन्धि ब्यावस्थामा तपाईं हालै चालेको कदम बेठीक मात्र नभएर अत्यन्तै अमानवीय छ । तत्काल सो निर्णय फिर्ता लिनु श्रेयस्कर हुनेछ अन्यथा ५ लाख भन्दा बढी अभिकर्ताको श्राप र आक्रोशले तपाईंको निद हराम हुनेछ । यो हामी जस्ता लाखौं अभिकर्ताको सुझाव हो । यसलाई बिनम्रता पूर्बक लिइदिनु हुन अनुरोध गर्दछु। तपाईं प्रति हाम्रो कुनै पुर्वाग्रह छैन । आशा छ तपाईंको र नेपालको बीमा उद्योगको उज्ज्वल भबिस्यको कामना गर्ने शुभचिन्तकको सुझावको रुपमा लिनुहुनेछ ।

Leave a Reply to ऋषिराम भूसाल Cancel reply

Your email address will not be published. Required fields are marked *


*