जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न पाइने, सम्पूर्ण बीमा शुल्क फिर्ता हुने

२४ असार २०७८, बिहीबार ०९:५२

काठमाडौं । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी नयाँ निर्देशिकामा जीवन बीमा गरेको एक महिनासम्ममा बीमा पोलिसी रद्द गर्न सकिने व्यवस्था थप गरेको छ । सो व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

जीवन बीमा पोलिसी निर्देशिका २०७८ को बुँदा नं २१ मा बीमालेख रद्द गर्न सक्ने व्यवस्था गरेको हो । अन्तर्राष्ट्रिय अभ्यास अनुसार पनि जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न सक्ने व्यवस्था छ । नयाँ व्यवस्था अनुसार झुक्याएर, जालसाँजीमा पारेर बीमा पोलिसी काटेको खण्डमा रद्द गर्न बाटो खोलेको छ ।

बीमितले बीमा गरेको एक महिनाभित्रमा उक्त बीमा पोलिसीप्रति चित्त नबुझेमा वा उक्त पोलिसी लिन अनुच्छुक भएमा बीमा पोलिसी काटेको एक ३० दिनभित्रमा बीमा पोलिसी फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जीवन बीमा निर्देशिका अनुसार त्यसरी एक महिनाभित्रमा बीमा पोलिसी रद्द गर्दा बीमकले जोखिम धारण गरेको जोखिम अवधीको समानुपातिक बीमा शुल्क (सारै न्यून हुन्छ) र अण्डरराइटिङ, खर्च र टिकट बापतको रकम (१० रुपैयाँ) कट्टा गरेर बाँकी रहेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार एक महिनाभित्र बीमा पोलिसी रद्द भएमा ९५ प्रतिशतभन्दा बढि रकम फिर्ता हुनेछ ।

5 thoughts on “जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न पाइने, सम्पूर्ण बीमा शुल्क फिर्ता हुने

  1. छवि तिवारी says:

    पुरानाे एक किस्ता बुझाएकाे बिमित काे पनि रकम फिर्ता हुने निर्णय गर सरकार

  2. कृष्ण प्र आचार्य says:

    रद्ध गर्न त पाउने तर पोलिसिमा चित्त नबुझेको प्रमाण को आधार के,, अनि अर्को कम्पनि, अर्को अभिकर्ता, अर्को कर्मचारीले अन्य लोभलालच देखाएर सम्पन्न भएको कामलाई डाइभर्ट गर्न खोजेको रहेछ भने चै के हुने,, अब नया कम्पनिमा गरिसकेका बिमा थाहा पाउने बित्तिकै अलि बडि बोनस भएको कम्पनिमा तान्न चै सहज हुने भो, त्यसको कहा कहा कति कति मार्का पर्छ,, बिमा समितिले ब्योहर्ला नि त।। बिषय बस्तुको ग्यान।

  3. Ishwar says:

    Sarkar ko niyat agent pelne ho . Samant sarkar ho. Janata ra agent lai lutuwa bima samity ho.

  4. चक्र प्रसाद भण्डारी says:

    मेरो 2वर्ष भइसको एक रुपैयाँ पनि फिर्ता गरेको छैन एसियन लाइफ इन्स्योरेन्स कम्पनीले

Leave a Reply to कृष्ण प्र आचार्य Cancel reply

Your email address will not be published. Required fields are marked *


*