२४ घण्टा नबित्दै जीवन बीमा पोलिसी निर्देशिका संशोधन, पोलिसी रद्द गर्न पाउने व्यवस्था खारेज

२४ असार २०७८, बिहीबार १९:५२

काठमाडौं । बीमा समितिले बीमितलाई चित्त नबुझेमा ३० दिनभित्रमा बीमा पोलिसी रद्द गर्न पाउने व्यवस्था २४ घण्टाभित्रैमा फिर्ता लिएको छ । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी निर्देशिका २०७८ को दफा नं २१ आज हटाइएको छ ।

बीमा समिति स्रोतले उक्त बुँदा अन्तर्राष्ट्रिय अभ्यास भएपनि थप गृहकार्य गर्नुपर्ने भएकोले हटाइएको हो । बीमा समितिले बीमा पोलिसी काटेको ३० दिनभित्र रद्द गर्न पाउनुपर्ने सम्बन्धमा सकारात्मक नै भएपनि सो सम्बन्धमा कति रकम फिर्ता दिने भन्ने सम्बन्धमा विस्तृत अध्ययन आवश्यक भएको निष्कर्षपछि सो बुँदा हटाइएको जनाइएको छ ।

बीमा समितिले सो सम्बन्धमा थप जानकारी दिन चाहेको छैन । हिजो जारी गरिएको निर्देशिकाको दफा नं २१ अन्तर्गत उपदफा १, २ र ३ मा बीमा पोलिसी रद्द गर्न सक्ने व्यवस्था थियो ।

बीमा पोष्टमा नयाँ निर्देशिकाले दिएको उक्त सुविधा सम्बन्धी समाचार प्रकाशित भएपछि जीवन बीमा कम्पनीहरुले गम्भिर चासो राखेका थिए । लगत्तै दिउँसो बीमा समितिले उक्त बुँदा हटाएको हो ।

बीमा समितिले जीवन बीमा पोलिसी रद्द गर्न पाउने व्यवस्था खारेज गरे लगत्तै अब पूर्ववत रुपमा एक पटक जारी भएका बीमा पोलिसीहरु तीन वर्षसम्म खारेज नहुने भएका छन् ।

जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न पाइने, सम्पूर्ण बीमा शुल्क फिर्ता हुने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*