बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी, प्रुडेन्सियल इन्स्योरेन्समा कार्यरत एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली

९ मंसिर २०७८, बिहीबार १४:३३

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै रहेको चर्चा  छ । निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी नै हुने गरेको समेत चर्चा हुने गरेको छ । उता नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गर्दै जागिर खाएका खड्कासँग सम्पर्क गर्दा उनले आफूले स्नातक तह उत्तिर्ण नगरेको र प्रुडेन्सियल इन्स्योरेन्स गरेकै सन्दर्भमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा कार्यक्रम एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली भएको फेला परेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा कार्यरत खम्व बहादुर खड्काको शैक्षिक प्रमाणपत्र नक्कली भएको त्रिभुवन विश्व विद्यालय, परिक्षा नियन्त्रण शाखाले पुष्टी गरेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको क्लेम अफिसरमा विगत चार वर्षदेखि कार्यरत खड्काले यसअघि समेत सोही नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा अन्य केही बीमा कम्पनीहरुमा समेत जागिर खाएको खुलेको छ ।

भूतपूर्व प्रहरी समेत रहेका खड्काले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । उनले सोही शैक्षिक प्रमाणपत्र पेश गरेर प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा जागिर खाइरहेका छन् । प्रुडन्सियल कम्पनीका अनुसार उनी गैर कानुनी र नक्क्ली प्रहरी प्रतिवेदन सम्बन्धी अनुसन्धान गर्ने कार्यमा संलग्न रहँदै आएका छन् । आफ्नै शैक्षिक प्रमाणपत्र नक्कली भएका उनले कम्पनीलाई स्थायी नियुक्ती लिएका छैनन् ।

खड्काले विभिन्न बीमा कम्पनीहरुमा पेश गरेको शैक्षिक प्रमाणपत्रमा त्रिवि र नं ६–२–७१–३२१–९७ रहेको र सोही र. न. बाट प्रमाणपत्र तह र स्नातक तह उत्तिर्ण गरेका छन् । तर, उनको सो र. न. त्रिभुवन विश्व विद्यालय परिक्षा नियन्त्रण शाखाका कन्ट्रोलर पुष्पराज जोशीले नक्कली भएको प्रमाणित गरिदिएका छन् । बीमापोष्टले खम्ब बहादुर खड्काले एक बीमा कम्पनीमा पेश गरेको नक्कली शैक्षिण प्रमाणपत्रको कपी सहित त्रिभुवन विश्व विद्यालयमा सम्पर्क गर्दा उक्त शैक्षिक प्रमाणपत्र नक्क्ली भएको पुष्टि गरिदिएको हो ।

उता नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गर्दै जागिर खाएका खड्कासँग सम्पर्क गर्दा उनले आफूले स्नातक तह उत्तिर्ण नगरेको र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा समेत स्नातक पास गरेको शैक्षिक प्रमाणपत्र पेश नगरेको बताए ।

खड्कालाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ बि.के महर्जनले करारमा नियुक्त गरेका हुन् । सिईओ महर्जनले गत कार्तिक १ गतेबाट लागू हुने गरी कम्पनी छोडिसकेका छन् ।

2 thoughts on “बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी, प्रुडेन्सियल इन्स्योरेन्समा कार्यरत एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली

  1. K p says:

    Sabai company life ,non-life ma investigation hunu jaruri xa

Leave a Reply to K p Cancel reply

Your email address will not be published. Required fields are marked *


*