बीमा समितिद्धारा सबै कर्मचारीहरुको शैक्षिक योग्यता विवरण ७ दिनभित्र बुझाउन ४१ कम्पनीलाई निर्देशन

नक्कली शैक्षिक योग्यता प्रमाणपत्रधारीहरुको भागाभाग
२० माघ २०७८, बिहीबार १७:१३

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित बीमा कम्पनीहरुमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमक तथा पुनर्बीमक कम्पनीहरुलाई निर्देशन जारी गर्दै बीमा कम्पनीहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यता, उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्व विद्यालय देखि विद्यालयसम्मको विवरण तोकिएको तालिकामा भरेर ७ दिनभित्र बीमा समितिमा पठाउन निर्देशन दिएका छन् ।

बीमा समितिले बीमा क्षेत्रमा संस्थागत सुशासन र विधिको शासन स्थापनाको लागि चालेको कदमले नक्कली शैक्षिक प्रमाणपत्रधारीहरुको भने भागाभाग सुरु भएको छ । बीमा समितिले तोकेको ७ दिनभित्र विवरण दिईसक्नुपर्ने भएकोले बीमा कम्पनीहरुमा कार्यरत नक्कली शैक्षिक प्रमाणपत्रधारीहरुको भागभाग सुरु भएको हो । विदेशी शैक्षिक योग्यताको प्रमाणपत्रको समकक्षता प्रमाणित गर्नुपर्ने नियम बीमा समितिले लागू गरेको छ । जसले विदेशी शैक्षिक योग्यता प्रमाणपत्रधारीहरुको सातो उडेको छ ।

नेपाली जीवन तथा निर्जिवन कम्पनीमा दर्जनौं नक्कली शैक्षिक प्रमाणपत्रधारीहरु रहेका छन् । बीमा समितिको यस्तो निर्देशनसँगै अब नक्कली शैक्षिक योग्यताको आधारमा जागिर खाएकाहरुले ७ दिन राजिनामा गरेर हिड्नुपर्ने भएको छ ।

बीमा समितिले यसअघि नेपाल लाइफमा शैक्षिक योग्यता नै नपुगेका अमित कयाललाई गैर कानुनी रुपमा माथिल्लो पदमा नियुक्ती दिएको सन्दर्भमा एक तह घटुवा गराई कम्पनीमाथि १० हजार रुपैयाँ जरिवना समेत तिराइसकेको छ ।

बीमा समिति स्रोतका अनुसार गलत शैक्षिक योग्यताको विवरण पठाएको पाइएमा पठाउने कम्पनीलाई समेत कारवाही गर्ने जनाएको छ । कर्मचारीहरुको शैक्षिक योग्यता सम्बन्धी विवरण पठाउँदा कम्पनीका प्रशासन विभागले चनाखो नभएमा थप कम्पनीहरु बीमा समितिको कारवाहीमा पर्ने देखिएको छ ।

यसअघि बीमापोष्टले प्रुेडेन्सियल इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली रहेको त्रिभुवन विश्व विद्यालयको पत्रसहित समाचार प्रकाशित गरेको थियो ।

 

बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी, प्रुडेन्सियल इन्स्योरेन्समा कार्यरत एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*