एनएमबि क्यापिटलको दुई फण्डद्धारा लाभांश घोषणा, कसको कति ?
२० श्रावण २०७९, शुक्रबार १०:२८

काठमाडौं । एमबि क्यापिटल लिमिटेडको दुई म्युचुअल फण्डले लाभांश प्रस्ताव गरेको छ । एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई समेत २१.०५२३६ प्रतिशत करसहित कुल ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
क्यापिटलले लाभांश प्रयोजनार्थ साउन ३१ गते एक दिनका लागि बुकक्लोज समेत गर्ने निर्णय गरेको छ । यसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।













