नेप्सेमा हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन हाइड्रोपावरको साधारण शेयर (आइपीओ)सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एचएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकितमूल्य १०० रुपैयाँ दरका १ करोड ९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत आइपीओ बिक्री गरेको थियो ।
जसमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ९ लाख कित्ता, सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको (सामूहिकत लगानी कोष र कर्मचारीहरु समेत) गरी १३ लाख ५० हजार र कम्पनीका संस्थापकहरुले लगानी गरेको ८७ लाख कित्ता गरी कुल १ करोड ९ लाख ५०हजार कित्ता शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर अब आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आइपीओले पहिलो कारोबारका लागि न्युनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २२८ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेन्ज पाउने देखिएको छ । नेप्सेले पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।
.













