प्रभु इन्स्योरेन्स २८ औं बर्षमा, संस्थागत सुशासनमा अब्बल रहेको दावी

१७ श्रावण २०८०, बुधबार १६:३३

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी २७ औ वर्ष पुरा गरी २८ औ वर्षमा प्रवेश गरेको छ । वि।स।२०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको कम्पनीले २७ औ वसन्त पार गरेको छ । ५ करोड रुपैयाँ पूँजी सहित स्थापना भएको थियो । आज उक्त ५ करोडको कम्पनी एक अर्ब ३७ करोड रुपैयाँ पुगीसकेको छ ।

कम्पनीले आफनो संस्थागत सुशासनमा अब्बल रहेको र सो अनुसार आगामी योजना पनि अघि बढाउने बताएको छ। एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बीमा ब्यवसाय शुभारम्भ गरेको यस कम्पनीलाई प्रभु समुहले लगानी गरे पछि नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स कम्पनी राखिएको थियो ।

कम्पनीको पहिलो सञ्चालक समितिको अध्यक्ष गोविन्द दास श्रेष्ठ थिए । त्यस्तै पहिलो प्रवन्ध सञ्चालक शैलेन्द्र कुमार श्रेष्ठ थिए ।।कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, बीमा समिति, सरोकारवाला निकायहरु, शेयरधनीहरु धज्यवाद ज्ञापन गरेको छ।

साथै आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरका लागि अपेक्षा गरेको छ । भोलिका दिनमा अझ सरल सुलभ ग्णस्तरीय एवं आधुनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*