फोर्ड कम्पनीका गाडी गुणस्तरहीन भएको पुष्टि, आगलागी जोखिमका कारण एक लाख १९ हजार सवारी फिर्ता

काठमाडौँ । नेपाली अटो बजारमा विवादीक बन्दै गएका फोर्ड कम्पनीका गाडी अन्तर्राष्ट्रिय बजारमा समेत गुणस्तरहीन भएको तथ्य बाहिर आइरहेको छ । कम्पनीका लाखौं गाडी दुर्घटना, प्राविधिक कमजोरी र आगलागीका कारण फिर्ता अन्तर्राष्ट्रिय बजारबाट फिर्ता (रिकल) भइरहेको हो ।
अमेरिकामा फोर्डले इन्जिन ब्लक हिटरमा देखिएको गम्भीर प्राविधिक समस्याका कारण एक लाख १९ हजारसम्म सवारी साधन फिर्ता बोलाएको छ । इन्जिन ब्लक हिटर सर्ट सर्किट भएर आगलागीको जोखिम देखिएपछि यो कदम चालिएको हो । फोर्डले उत्तर अमेरिकाभर तीन लाखभन्दा बढी सवारी साधन फिर्ता बोलाउने जनाएको छ । फिर्ता बोलाइएका सवारीमा सन् २०१९ र २०२४ मोडेलका फोर्ड एक्सप्लोरर, सन् २०१६ देखि २०१८ सम्मका फोर्ड फोकस, सन् २०१३ देखि २०१९ सम्मका फोर्ड इस्केप, सन् २०१३ देखि २०१८ सम्मका फोर्ड फोकस तथा सन् २०१५ र २०१६ मोडेलका लिंकन एमकेसी समावेश छन् । यी सबै सवारी दुई दशमलव शून्य लिटर क्षमताको इन्जिनयुक्त रहेका छन् ।
इन्जिन ब्लक हिटर चर्किन गई कुल्यान्ट चुहावट हुने समस्या उक्त फोर्डका गाडीमा रहेको छ । यस्तो चुहावट भएपछि हिटर प्लगमा जडान गरिएको अवस्थामा सर्ट सर्किट हुन सक्ने र यसले आगलागीको जोखिम बढाउने उल्लेख गरिएको छ । समस्या देखिँदा जमिनमा कुल्यान्टका दाग देखिनु, गाडीभित्रको ताप नआउनु, पावरट्रेन युनिट अत्यधिक तात्नु वा कुल्यान्ट कम भएको चेतावनी देखिनुजस्ता लक्षण देखिन सक्ने प्रशासनको कागजातमा उल्लेख छ । यसका कारण विद्युतीय तारहरूमा तापजन्य क्षति पुग्न सक्ने र धुवाँको गन्ध आउन सक्ने पनि बताइएको छ ।
पछिल्लो समय नेपाली बजारमा समेत फोर्ड कम्पनीका सवारीमा गम्भीर प्रश्न उठ्न थालेको छ । दिनदिनै दुर्घटना, प्राविधिक कमजोर र सडकमै गुडिरहेको बेला आगलागी भइरहेको घटनाले कम्पनी गुणस्तरमा नै गम्भीर प्रश्न उठ्न थालेको हो । जसले गर्दा नेपालमा फोर्ड कम्पनीका गाडीहरूको आधिकारिक वितरक जीओ अटोमोबाइल्सको व्यापार समेत निरन्तर घट्दै गएको छ ।
सम्बन्धीत समाचार:
फोर्डका गाडीमा गम्भीर समस्या, ३ लाखभन्दा बढी गाडी ‘रिकल’
ईभी गुणस्तरमै प्रश्न उठेपछि फोर्ड पछि हट्यो, विभिन्न मोडलका उत्पादन नै बन्द
गुडिरहेको बेला सडकमा नै जल्यो फोर्ड ब्रान्डको गाडी, गुणस्तरमाथि गम्भीर प्रश्न
फोर्ड ब्रान्डका गाडी बिक्री हुनै सकस, व्यापार घट्दा आकाश गोल्छाको कम्पनी धरापमा
फोर्डका गाडी गुणस्तरहीन, कम्पनीको त्रुटिका कारण ७३ हजार सवारी फिर्ता
फोर्ड कम्पनीको कार खस्यो काठमाडौंको धोबिखोलामा












