फोर्ड कम्पनीको कार खस्यो काठमाडौंको धोबिखोलामा

४ फाल्गुन २०८१, आईतवार १९:२७

काठमाडौं । राजधानी काठमाडौंको धोबिखोलामा एउटा निजि कार दुर्घटना हुँदा धोबिखोलामा खस्न पुगेको छ । आज साँझ बा २१ च ६६१४ नम्बरको कार धोबिखोलामा खसेको हो ।

घटनामा कारमा सवार व्यक्तिलाई सामान्य मात्रै चोटपटक लागेको छ । मदन भण्डारी कलेज नजिकै कार उत्तानो परेको अवस्थामा देखिएको छ । पछिल्लो समय फोर्ड कम्पनीको गाडीको दुर्घटना बढिरहेको छ । गत वर्ष मातातिर्थको उकालोमा ब्याक हटेर दुघर्टनाग्रस्त हुँदा मैतिदेवीका एक डाक्टरका परिवार शोकमा परेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*