फोर्डका गाडी गुणस्तरहीन, कम्पनीको त्रुटिका कारण ७३ हजार सवारी फिर्ता

काठमाडौँ। फोर्ड मोटर कम्पनीले करिब ७३ हजार सवारी साधन फिर्ता गर्ने भएको छ। पछाडिको क्यामेरासँग सम्बन्धित सुरक्षाजन्य समस्याका कारण यी सवारी साधन फिर्ता बोलाइएको हो।
अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले जनाएअनुसार फिर्ता गरिएका गाडीहरूको पछाडिको क्यामेरा कहिलेकाहीँ खाली स्क्रिन देखिनु वा बिग्रिएको तस्बिर देखाउन सक्ने समस्या देखिएको छ।
सुरक्षा अधिकारीहरूले यो त्रुटि के कारणले भएको हो भन्नेबारे अहिलेसम्म कुनै ठोस पुष्टि गरेका छैनन्। कम्पनीले अनुसन्धान जारी राखेको बताएको छ।
हालसम्म यो समस्याका कारण कुनै दुर्घटना वा चोटपटक भएको रिपोर्ट छैन। फोर्ड कम्पनीले सवारीधनीहरूलाई समस्या समाधानको लागि नजिकको सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।
२०२१ मोडेलका एक्स्पेडिसन र २०२१ देखि २०२२ सम्मका एफ २५० र एफ ३५० मोडेलहरू कम्पनीले फिर्ता बोलाएको छ ।