युवराज पौडेल पक्राउ

१३ माघ २०८२, मंगलवार १७:३८

काठमाडौं ।  युवराज सफलको नामबाट चिनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ ।महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।

पत्र प्राप्त भएलगत्तै महान्यायधिवक्ता र कार्यालयको बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*