रामेछापमा बस दुर्घटनाः ६ जनाको मृत्यु!
२७ माघ २०८२, मंगलवार १२:४०

काठमाडौँ । रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको हो ।
५ जना घाइतेको उद्धार भएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ। प्रहरी र स्थानीय उद्धार कार्यमा खटिएका छन्।
बस सडकबाट तामाकोशी नदीमा खसेको छ। अहिले बसलाई निकाल्ने कार्य जारी रहेको छ। बसमा कति यात्रु थिए यकिन हुन बाँकी छ।












