हिमालयन रि काण्डको कागजात बीमा समितिबाट अख्तियारको नियन्त्रणमा !

२१ श्रावण २०७८, बिहीबार २३:१८

काठमाडौं । भ्रष्टाचार नियन्त्रणको लागि संविधानद्वारा संस्थापित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिने निर्णय भएका कागजात नियन्त्रणमा लिएर छानविन सुरु गरेको छ । स्रोतका अनुसार अयोगले गत साता बीमा समितिमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको हो । यद्यपि बीमा समितिले सो सम्बन्धमा पुष्टि गर्न मानेको छैन । साथै आयोगले समेत यस विषयमा केही बताउन चाहेको छैन ।

उच्चस्तरीय स्रोतले भने बीमा समितिमा आयोगका टोली पुगेर आवश्यक कागजात नियन्त्रणमा लिएर टंगाल पुर्याएको छ । आयोगले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिँदा भएको अनियमितताको सम्बन्धमा छानविन एक महिना अघि नै अघि बढाइसकेको थियो । आयोगले अर्थमन्त्रालयमार्फत दुई पटक ताकेता गर्दै सो सम्बन्धमा सोधपुछ गर्दागर्दै बीमा समितिका अध्यक्ष सिलवालले हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिएपछि आयोगले कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, तत्कालिन अर्थसचिव शिशिर कुमार ढुुंगाना, उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय महाशाखाका प्रमुख दीर्घ मैनाली, बीमा समितिका अध्यक्ष सूर्य सिलवाल, सञ्चालकहरु झक्क प्रसाद आचार्य, फणिन्द्र गौतम, कपिलदेव ओली र किरण कुमार श्रेष्ठको संलग्नतामा तीन अर्ब भन्दा बढि लेनदेन गरी सेटिङ हिमालयन रि नामक कम्पनी थर्मल गनमाफिया सहितका व्यक्तिलाई संस्थापना गर्न लगाई पुनर्बीमाको लाईसेन्स दिइएको थियो । २०७८ बैशाख १६ गते निषेधाज्ञा घोषणा भइसकेपछि सुरु गरिएको उक्त सेटिङ निषेधाज्ञा नसकिदै जेठ १७ गते एलओई दिइएको थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अध्यक्ष रहेको हिमालयन रिमा ३२.६८ प्रतिशत लगानी थर्मल गन तस्करीमा रंगेहात पक्राउ परेका सुलभ अग्रवाल र उनका भाइ साहिल अग्रवालको छ । बाँकी शेयरहरु दीपक भट्ट नाम गरेका सेटिङवाला व्यक्तिसहित विभिन्न १०६ जनाको नाममा रहेको छ । रोचक कुरा के छ भने चर्र्चित सेटिङ काण्डमा कान्तिपुरले सबै मिडियालाई चुप लगाउन लगाउने शर्तमा १० करोड रुपैयाँको गोल्डेन शेयर लिएका छन् । सो शेयर बापतको रकम कान्तिपुरले सबैलाई समानुपातिक रुपमा वितरण नगरेपछि नागरिक दैनिकले एक अंक समाचार लेखेर पुनः समाचार लेख्न बन्द गरेको थियो ।

बीमापोष्टले निर्भिकतापूर्वक माफियाको सेटिङमा हिमालयन रि नामक कम्पनी संस्थापना गरिएको र विधि प्रक्रिया मिचेर कालोबजारियालाई पुनर्बीमा लाइसेन्स दिएर नेपालको बीमा इतिहासमा कालो पोतिएको भन्दै निरन्तर समाचार प्रकाशन गर्दै आएको छ ।

 

हिमालयन रि काण्डमा तीन अर्बबढि घुस ! पूर्व प्रम ओलीका सारथीहरु संलग्न

हिमालयन रिद्वारा अनुमति अगावै अबैध रुपमा पुनर्बीमा कारोबार

 

हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)

2 thoughts on “हिमालयन रि काण्डको कागजात बीमा समितिबाट अख्तियारको नियन्त्रणमा !

  1. तिर्थे कामी says:

    बिमापोष्टले चै पाएनछ गोल्डेन शेयर??

  2. कृष्ण प्र आचार्य says:

    सत्य कुरामा बिमा पोष्टलाई धेरै धेरै धन्यवाद,, नेपाल र नेपालिको भलो हुने कुरामा सधैं सधैं अमर बनोस बिमा पोष्ट। अरु झै बिक्रि नहोस। भ्रष्टले खोक्रो पारेको यो अवस्थामा कोशेढुङ्गो बनोस बिमा पोष्ट का समाचारहरु।

Leave a Reply to कृष्ण प्र आचार्य Cancel reply

Your email address will not be published. Required fields are marked *


*