हिमालयन रि काण्डमा तीन अर्बबढि घुस ! पूर्व प्रम ओलीका सारथीहरु संलग्न

२० श्रावण २०७८, बुधबार २३:२६

काठमाडौं । हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने सेटिङमा तीन अर्बभन्दा बढि घुस लेनदेन भएको हिजो प्रकाशित आर्थिक दैनिकले छापेको छ । हिजो र आज प्रकाशित समाचारमा हिमालयन रि काण्डमा पूर्व प्रम ओलीको किचने क्याबिनेटका व्यक्तिहरुको संलग्नता दावी गरिएको छ ।

हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिँदा शेयर माफियाहरुले तीन अर्बभन्दा बढि रकम घुस रकम संकलन गरी निवर्तमान अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान अर्थसचिव शिशिर ढुंगाना, तत्कालिन प्रम ओलीका आर्थिक सल्लाहका मोतिलाल दुगड, बीमा समितिका अध्यक्ष सूर्य सिलवालले सो रकम बाँडचुड गरेको दावी गरिएको छ । जगदम्बा स्टील्सका मालिक साहिल अग्रवालले सो रकम उठाएको र उल्लेखित व्यक्तिहरुलाई घुस बापत लाईसेन्स दिए बापत नजराना लिएको दावी आर्थिक दैनिकको साउन १९ गते प्रकाशित समाचारमा उल्लेख छ ।

‘१०० रुपैयाँ अंकित संस्थापक शेयरबापत लगानीकर्ताहरुबाट प्रतिकित्ता ६५ रुपैयाँ बढि असुल गरी सो घोटाला गरिएको हो । सो घोटाला काण्डमा देशकै नामूद एक मिडियाले पनि १० करोड रुपैयाँको गोल्डेन शेयर लिएको पाइएको छ । कूल सात अर्ब १८ करोडको संस्थापक शेयर मध्ये एक अर्ब रुपैयाँ दुई सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकले ५०÷५० करोड रुपैयाँका दरले शेयर लगानी गरेका छन् । उनीहरुको लगानी बाहेक छ अर्ब १८ करोड रुपैयाँ मध्ये केहीलाई गोल्डेन शेयर त केहीलाई नजराना बापत दिइएको शेयर बाहेक बाँकी शेयरमा भ्रष्टाचार भएको हो’ मंगलबार आर्थिक दैनिकमा प्रकाशित समाचारमा जनाइएको छ ।

करिब छ अर्ब रुपैयाँ बराबरको ६ करोड कित्ता शेयरमा व्यक्ति अनुसार २५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म रकम असुल गरी बाँडचुड गरिएको स्रोतको दावी छ । सो पत्रिकामा प्रकाशित समाचारमा भनिएको छ, ‘कोरोना महामारीमा थर्मल गन तस्करी गर्ने सुलभ अग्रवाल र उनका एकाघरका भाइ साहिल अग्रवाल अग्रवाल नेतृत्वको कम्पनीहरुको मात्रै दुई अर्ब ३३ करोड रुपैयाँको शेयर लगानी रहेको देखिएको छ । स्रोतका अनुसार साहिल अग्रवालले अन्य मारवाडी व्यवसायीसँग रकम उठाएका थिए ।’

‘बीमा समितिबाट लाईसेन्स जारी गर्ने कार्य सम्पन्न हुँदा झण्डै दुई दर्जन व्यक्ति तथा पदाधिकारीहरुको संलग्नतामा सेटिङ गरिएको सो काण्डमा तीन अर्बभन्दा बढि भ्रष्टाचार गरिएको तथ्य सो कम्पनीमा लगानी गरेर शेयर सदस्यहरुले दावी गरेका छन्’, भ्रष्टाचार सम्बन्धमा प्रकाशित सनसनीपूर्ण समाचारमा जनाइएको छ ।

हिमालयन रि लिमिटेड कम्पनी दर्ता गर्दा भएको घोटाला मुख्य रुपमा बीमा समिति र यसका अध्यक्ष सूर्य सिलवाल दोषी देखिएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल सम्बद्ध विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिसकेको छ । त्यसअघि दुई वटा उजुरी दर्ता भएको भएपनि आयोगले पत्र काट्ने बाहेकका काम गरेको छैन ।

‘चनाखो हुनुपर्ने निकाय अख्तियार, राष्ट्रिय सतर्ककता केन्द्र, अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको ग्रिन सिग्नलपछि २०७८ बैशाख १६ गते कोरोना महामारीमा सरकारले घोषणा गरेको निषेधाज्ञाकै बीचमा २१ दिने सुचनामार्फत बीमा समितिले पुनर्बीमा कम्पनीलाई लाइसेन्स वितरण प्रक्रिया सुरु गरेको थियो ।’ आर्थिक दैनिकमा हिजो प्रकाशित समाचारमा उल्लेख छ ।

सो घोटाला काण्डको निष्पक्ष छानविन भएमा बीमा समिति, अर्थमन्त्रालय अन्तर्गतको उच्चस्तरीय वित्तिीय क्षेत्र समन्वय समिति तथा अर्थसचिव, आन्तरिक राजश्व विभागका प्रमुख समेत तानिने समाचारमा दावी गरिएको छ ।

3 thoughts on “हिमालयन रि काण्डमा तीन अर्बबढि घुस ! पूर्व प्रम ओलीका सारथीहरु संलग्न

  1. Dolraj bhusal says:

    बीमा समिति का अध्य्क्ष लगायत सबै दोसी लाई कार्बाही हुनु पर्छ जन्ता ले यों सारकार को जय जय कार गर्ने छन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*