यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१८ माघ २०८१, शुक्रबार ०७:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.३१ रुपैयाँ र बिक्रीदर १३८.९१ रुपैयाँ कायम भएको छ। बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ।

युरोपियन युरो एकको खरिददर १४३.७६ रुपैयाँ र बिक्रीदर १४४.३८ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१.९३ रुपैयाँ र बिक्रीदर १७२.६८ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५२.२१ रुपैयाँ र बिक्रीदर १५२.८७ रुपैयाँ कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६.१३ रुपैयाँ र बिक्रीदर ८६.५० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.०० रुपैयाँ र बिक्रीदर ९६.४२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.३४ रुपैयाँ र बिक्रीदर १०२.७९ रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ८.९५ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९४ रुपैयाँ र बिक्रीदर ३८.१० रुपैयाँ कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६६ रुपैयाँ र बिक्रीदर ३७.८२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४८ रुपैयाँ र बिक्रीदर ३१.६२ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५४ रुपैयाँ र बिक्रीदर १२.६० रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७.७५ रुपैयाँ र बिक्रीदर १७.८३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४८.३७ रुपैयाँ र बिक्रीदर ४५०.३२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.८९ रुपैयाँ र बिक्रीदर ३६८.४९ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३५९.२५ रुपैयाँ र बिक्रीदर ३६०.८१ रुपैयाँ तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*