कुलेखानी जलाशयमा पानीको सतह १,५२६.३८ मिटर, चेतावनी साइरन बजाइँदै

११ आश्विन २०८३, आईतवार १३:१३

काठमाडौं । कुलेखानी जलाशयको पानीको सतह १ हजार ५२६.३८ मिटर पुगेको छ । आइतबार दिउँसो साढे १२ बजेसम्म जलाशयको सतह उक्त उचाइमा पुगेको हो ।

जलाशयको पानीको सतह बढ्दै गएपछि आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । यसअघि पानीको सतह १ हजार ५२६ मिटर पुग्दा एसएमएसमार्फत तल्लो तटीय क्षेत्रका बासिन्दालाई सूचना पठाइएको थियो ।

हाल कुलेखानीको स्रोत क्षेत्रमा वर्षा रोकिएको छ । यद्यपि जलाशयमा पानीको सतह निरन्तर बढिरहेकाले आयोजनाले अवस्थालाई निगरानीमा राखेको छ ।

जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइनेछ । कुलेखानी जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*