३०० दिनभन्दा बढी शेयर होल्ड गर्दा लाभांशमा कर घट्ने, सरकारले गर्‍यो नयाँ व्यवस्था

५ आश्विन २०८३, सोमबार २०:१९

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायबाट प्राप्त हुने लाभ रकममा लाग्ने करसम्बन्धी व्यवस्था संशोधन गरेको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै लामो अवधिसम्म शेयर स्वामित्वमा राख्ने लगानीकर्तालाई करमा छुट दिने व्यवस्था गरेको हो।

सूचनाअनुसार, नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभ रकममा प्राकृतिक व्यक्तिको हकमा स्वामित्व अवधि ३०० दिनभन्दा बढी भए ३।७५ प्रतिशत कर कायम गरिएको छ।

त्यस्तै, सोही हितको स्वामित्व अवधि ३०० दिन वा सोभन्दा कम भए निःसर्गबाट प्राप्त लाभ रकममा ५ प्रतिशत कर कायम रहने व्यवस्था गरिएको छ।

यसैगरी, आयकर ऐन, २०५८ को अनुसूची–१ सम्बन्धी व्यवस्थाअनुसार सूचीकृत निकायमा ३०० दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभमा ३।७५ प्रतिशत र ३०० दिन वा सोभन्दा कम अवधिको हकमा ५ प्रतिशत कर कायम गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्यायले जारी गरेको उक्त सूचना नेपाल सरकारको निर्णयअनुसार प्रकाशित गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*