बीमा प्राधिकरणमा उजुरीको चाप

७ आश्विन २०८३, बुधबार १५:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती महिनामै बीमा सम्बन्धी उजुरीको संख्या उल्लेख्य देखिएको छ। प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को श्रावण मसान्तसम्मको तथ्यांकअनुसार यस अवधिमा कुल १४ वटा उजुरी दर्ता भएका छन्।

प्राधिकरणका अनुसार लु आर्थिक वर्षको साउनमा भने केन्द्रीय कार्यालयमा १२ वटा र प्रदेश कार्यालयमा २ वटा गरी १४ वटा उजुरी दर्ता भएका छन्। यसले बीमासम्बन्धी समस्या तथा गुनासो लिएर सेवाग्राहीहरू प्राधिकरणसम्म पुग्ने क्रम जारी रहेको देखाउँछ।

तथ्यांकअनुसार श्रावण मसान्तसम्म दर्ता भएका उजुरीमध्ये १५ वटा उजुरी फैसला भएका छन्। त्यस्तै, ६ वटा उजुरी सहमतिमार्फत समाधान भएका छन्। फैसला र सहमतिसहित यस अवधिमा जम्मा २१ वटा उजुरी फछ्र्योट भएका छन्।
प्राधिकरणले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा २१ वटा उजुरी फछ्र्यौट गरेको छ।

बीमा सेवा लिँदा कम्पनी र बीमितबीच उत्पन्न हुने विभिन्न विषयमा सेवाग्राहीले प्राधिकरणमा उजुरी दर्ता गर्न सक्ने व्यवस्था छ। दाबी भुक्तानी, बीमा सम्झौता तथा अन्य बीमा सेवासँग सम्बन्धित गुनासोहरू समाधानका लागि प्राधिकरणले उजुरी व्यवस्थापन गर्दै आएको छ।

*तथ्याङ्क रुजु गरी सम्पादन गरिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*