अर्थतन्त्रमा रहेको मन्दि चिर्ने र ब्यवसायीको मनोबल माथि उठाउन अध्यादेश आयोः प्रधानमन्त्री ओली

१८ माघ २०८१, शुक्रबार १४:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको बैठकमा बोल्दै सरकारद्वारा ल्याइएको अध्यादेशले अर्थतन्त्रमा रहेको मन्दि र जनताको निराशालाई चिर्ने उद्देश्य राखेको बताएका छन्। उनले भने, ‘सरकारले ल्याएको अध्यादेश सुस्ताएको अर्थतन्त्रलाई माथि ल्याउनको लागि हो।’

प्रधानमन्त्री ओलीले बैंकमा रकम हुँदा पनि ब्यवसायी कर्जा लिन डराइरहेको तर्क राखे । उनले भने, ‘घर जग्गा व्यवसाय सुस्ताएको छ । बैंकमा पैसा हुँदा पनि ब्यवसायीहरू बैंकमा कर्जा लिन जान सकेका छैनन् । जनताका निराश छ । यसलाई सुधार्नका लागि सरकारले वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको छ। ब्यवसायीको मनोबल उच्च बनाउनका लागि हामीले काम गरेका छौं ।’

उनले थप भने,’ यो जनताको सरकारले जनताका लागि गरेको काम हो ।’ सरकारको आगमनको समय अर्थतन्त्रको अवस्था निकै दर्दनाक थियो र मनोबल कमजोर थियो, जसका कारण नेपाल कांग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको बताए।

प्रधानमन्त्री ओलीले सरकारको प्रयासलाई सकारात्मक रुपले प्रस्तुत गर्दै भने,’सरकारले हरेक चुनौतिका बाबजुद अघि बढेको छ। जनताको गहिरो चिन्तालाई चिर्दै अर्थतन्त्रमा सुधार ल्याउन सरकार सफल भएको छ।’ उनले यसलाई प्रमाणित गर्दै राजस्व संकलन १३ प्रतिशतले वृद्धि भएको र देशको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा सकारात्मक बाटोमा अघि बढेको जनाए।

अर्थतन्त्रलाई गति दिन सरकारले आवश्यक सबै कदम चालिरहेको प्रधानमन्त्री ओलीले बताए  ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*