टाटा नेक्सन सीएनजी डार्क एडिशनः नयाँ लुक र सुविधासहित बजारमा

काठमाडौँ । टाटा मोटर्सले आफ्नो लोकप्रिय एसयूभी टाटा नेक्सन सीएनजीको डार्क एडिशन भारतिय बजारमा सार्वजनिक गरेको छ । यो नयाँ संस्करणले बजारमा रहेका अन्य गाडीहरूलाई पन्छाएर उत्कृष्ट प्रदर्शन गर्ने सक्ने जनाइएको छ ।
टाटा मोटर्सले आफ्नो गाडी पोर्टफोलियोमा ठूलो अपडेट गरेको छ । कम्पनीले आफ्नो प्रख्यात एसयूभी टाटा नेक्सन सीएनजीको नयाँ रेड डार्क एडिशन बजारमा ल्याएको हो । नयाँ डार्क एडिशनको शुरुआती एक्स–शोरूम मूल्य १२।७० लाख रुपैयाँ राखिएको छ । नयाँ भेरियन्टमा ड्युल–सिलिण्डर सीएनजी प्रविधि उपलब्ध छ ।
नयाँ टाटा नेक्सन सीएनजी रेड डार्क एडिशनमा कम्पनीले कसमेटिक अपडेटहरू गरेको छ। यसका बाह्य डिजाइनमा परिवर्तन गरिएको छ। प्रिमियम इन्टेरियरलाई रातो रंगका एक्सेन्ट्स र डार्क थिम फिनिशका साथ तयार गरिएको छ । यसको व्हीलमा बोल्ड कार्बन ब्ल्याक पेन्ट फिनिश र रातो रंगका एक्सेन्ट्स दिइएको छ, जसले यस एसयूभीलाई अझ स्पोर्टी बनाउँछ ।
नेक्सन सीएनजीलाई गत वर्षको सेप्टेम्बर महिनामा सार्वजनिक गरिएको थियो । यसको शुरुवाती मूल्य ८।९९ लाख रुपैयाँ रहेको छ । अब कम्पनीले यसको तीन नयाँ डार्क एडिशन भेरियन्टहरू बजारमा ल्याएको छ । यसमा क्रिएटिभ प्लस एस, क्रिएटिभ प्लस पीएस र फियरलेस प्लस पीएस समावेश छन्। यी तीन भेरियन्टहरूको मूल्य फरक–फरक रहेको छ। क्रिएटिव एसको मूल्य १२।७ लाख रुपैयाँ, क्रिएटिव पीएसको मूल्य १३।७ लाख रुपैयाँ र फियरलेस पीएस भेरियन्टको मूल्य १४।५ लाख रुपैयाँ राखिएको छ ।













