महङ्गीयो सुनको मूल्य, अब प्रतितोला कति ?

२२ माघ २०८१, मंगलवार १०:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । दुई दिन स्थिर रहेको सुन आज भने तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*