प्रतिनिधि सभाको बैठक आज बस्दै, मन्त्रीहरूले जवाफ दिने
९ असार २०८२, सोमबार ०८:५८

काठमाडौं । संघीय सदन अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज असार ९ गते सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ।
आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने सम्भावित कार्यसूची रहेको छ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत १८ वटा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रतिनिधि सभाका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।
zsg9kkhqtfvaafk3










