डेडिकेटेड र ट्रंक लाइनको बक्यौता अब उठ्छ: ऊर्जा मन्त्रीको आश्वासन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले डेडिकेटेड र ट्रंकलाइन बक्यौता चाँडै उठ्ने बताएका छन्। प्रतिनिधि सभा बैठकमा उठेको प्रश्नको जवाफ दिदै उनले यस्तो बर्ताका हुन् ।
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठान नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। उनले भने ‘बक्यौता उठान कति वर्ष लाग्छ ?’
वक्यौता उठाउनको लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको उर्जा मन्त्रीले बताए । उनले भने, ‘यो विषयमा प्राधिकरणले गर्नुपर्ने विषय वस्तु हो। लामो समयदेखि अड्किएको कारणले सरकारले लाल आयोगलाई आधार मानी प्रक्रियागत ढंगले विद्युतको खपत के कति भएको छ यसबारे एकिन गरेर तत्काल पैसा उठाउनु भनेर निर्देशन भएको थियो चाँडै बक्यौता संकलन हुनेछ।’













