इसेवा र टच एन गोबीच सहकार्य, मलेसियाबाटै सामाजिक सुरक्षा कोषमा योगदान

काठमाडौँ । अब मलेसियामा बसोबास गरिरहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा डिजिटल माध्यममार्फत सजिलै योगदान गर्न सक्ने भएका छन्। नेपालको प्रमुख डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफर र मलेसियाको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक टच एन गो वालेटबीच भएको सहकार्यपछि यस्तो व्यवस्था मिलेको हो।
इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र टिएनजी डिजिटल रेमिटेन्स (टच एन गो वालेटको रेमिटेन्स सेवा) का प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपालबीच सम्झौता हस्ताक्षर भएको हो। दीर्घकालीन सहकार्यको सम्भावना पनि यस सम्झौतामार्फत थप प्रष्ट भएको छ।
अब मलेसियामा रहेका नेपालीहरूले टच एन गो वालेट एप प्रयोग गरी सजिलै सामाजिक सुरक्षा कोषमा आफ्नो नियमित योगदान दिन सक्नेछन्।
यसले प्रवासी नेपालीहरूको दीर्घकालीन वित्तीय सुरक्षामा थप सहजता र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।













