करिब चार लाख नेपाली भएको कतारको विमानस्थल बन्द, अमेरिकी नागरिकलाई लुक्न भनियो

९ असार २०८२, सोमबार २२:३७

काठमाडौं । करिब चार लाख नेपाली युवाहरु कार्यरत रहेको कतारमा अमेरिकी इरानले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने त्रास ह्वात्तै बढेको छ । आज कतार सरकारले आफ्नो आकाशलाई नो फ्लाई जोन घोषणा गरेको छ । यससँगै कतारको राजधानी दोहास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

विमानस्थल बन्द गरिएका कारण संसारभरबाट कतार हुँदै उडान गर्दै गरेका लाखौं यात्रुहरु प्रभावित भएका छन् । संसारभर २५५ वटा जहाजबाट उडान भर्दै आएको कतार एयरको उडान सेवा समेत प्रभावित भएको छ । संसारभर जहाँ जहाँ पुगेका थिए, कतार एयर जहाजहरु सोही स्थानमा रोकिएका छन् ।

उता, अमेरिका र बेलायतले कतारमा रहेको आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न र बाहिर ननिस्कन चेतावनी दिएको छ । इरानले गर्न सक्ने सम्भावित आक्रमणको त्रासका कारण दोहास्थित अमेरिका दूताबासले सूचना प्रकाशित गरेरै आफ्ना नागरिकलाई अर्को सूचना प्रकाशित नभएसम्म बाहिर ननिस्कन भनेको छ ।

साथै, बेलायतले पनि कतारमा रहेका आफ्ना नागरिकलाई तत्काल बाहिर ननिस्कन सूचना जारी गरेको छ । उता, दुबई, कतार तथा अन्य खाडी मुलुकमा अमेरिका र युरोपेली देशहरुका हवाई कम्पनीहरुले उडानमा भारी कटौति गरेका छन् ।

इरानले अमेरिकामाथि गर्न सक्ने आक्रमणको सिकार हुनसक्ने भन्दै युरोप र अमेरिकी वायु सेवा कम्पनीहरुले दुबई तथा कतारसहितका देशहरुमा उडान स्थगित गरेका छन् ।

कतार आफै यो युद्धमा सहभागी छैन । तर, कतारमा रहेको अमेरिकी सैनिक अड्डामा इरानले आक्रमण गर्न सक्ने त्रास फैलिएको छ । कतारमा करिब चार लाख नेपालीहरु कार्यरत रहेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा बस्न नेपाल सरकारले आग्रह गरेको छैन । भ्रष्टाचार र कमिशन कुम्ल्याउनै व्यस्त रहेको नेपाल सरकारको ढुकुटी मध्यपूर्वमा युद्ध विस्तार भएमा रित्तो हुन धेरै दिन लाग्ने छैन ।

फाइल तस्विरः इरानले केही दिनअघि इजरायलमाथि गरेको सैन्य आक्रमण ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*