कमलादीस्थित देशकै पुरानो स्टील उद्योगको केन्द्रीय कार्यालयमा आगलागी

१० असार २०८२, मंगलवार ११:०८

काठमाडौँ ।  देशकै पुरानो स्टील उद्योगको केन्द्रीय कार्यालयमा मंगलबार भीषण आगलागी भएको छ। कमलादीमा अवस्थित कर्पोरेट मुख्यालयमा भएको आगलागी अहिले नियन्त्रणमा आएको सुरक्षा निकायले जनाएका छन्।

आगलागीबाट कति क्षति भएको हो भन्नेबारे विस्तृत विवरण संकलन कार्य अहिले जारी रहेको छ। नेपाली सेना, काठमाडौं महानगरपालिकाको दमकल टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा तत्कालै परिचालन भई आगो निभाउन सफल भएको हो।

दुई घण्टासम्म चलेको प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार भवनको केही भागमा भौतिक क्षति पुगेको छ भने विस्तृत मूल्यांकनपछि मात्र वास्तविक क्षतिको विवरण आउने सुरक्षा अधिकारीहरूले जनाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*